डा. केसीसँग वार्ता गर्न टोली गठन

डा. केसीसँग वार्ता गर्न टोली गठन

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले ११ दिनदेखि आमरण अनशनमा रहेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्यबारे चासो देखाउँदै उनको सुरक्षित अवतरणका लागि विशेष पहल गर्न सरकारलाई निर्देशन दिएको केही घन्टामै मन्त्रिपरिषद्ले केसीसँग वार्ताका लागि तीन सचिवसहितको एक उच्चस्तरीय समिति गठन गरेको छ ।

बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा, स्वास्थ्य र प्रधानमन्त्री कार्यालयका सचिवसहितको समिति गठन गरी तत्काल केसीसँग वार्ता गरी अनशन समाप्तितर्फ प्रयास गर्न निर्देशन दिएको स्वास्थ्यमन्त्री रामजनम चौधरीले अन्नपूर्णलाई बताए ।

राष्ट्रपति भण्डारीले बुधबार दिउँसो स्वास्थ्यमन्त्री चौधरीलाई राष्ट्रपति भवनमा बोलाएर मुलुकको अवस्थालाई ध्यानमा राख्दै डा.केसीलाई सुरक्षित अवतरणको विकल्प दिन निर्देशन दिएकी हुन् ।

‘डा.केसीको अनशनप्रति चासो राख्दै राष्ट्रपतिज्यूले मलाई बोलाउनुभएको थियो । उहाँले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै डा.केसीको अनशनलाई सुरक्षित रूपमा अवतरण गराउन पहल गर्न निर्देशन दिनुभएको छ’, स्वास्थ्यमन्त्री चौधरीले राष्ट्रपतिलाई उद्धृत गर्दै अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्रीसँग डा.केसीको अनशन र उहाँका बारे यसअघि पटकपटक छलफल भइसकेको छ । अब उहाँबाट जे निर्देशन आउँछ त्यही हामी कार्यान्वयन गर्नेछौं भन्ने जबाफ मैले राष्ट्रपतिलाई दिएको छु ।' स्वास्थ्यमन्त्री चौहरीले बाहिर प्रचार गरिएजस्तो डा.केसीको अनशन तोडाउन पहल गर्न राष्ट्रपतिले नभनेको स्पष्ट पारे ।
राष्ट्रपति भण्डारीले डा.केसीका मागबारे सरकारले उठाएका ठोस पहलबारे पनि चासो राखेकी थिइन् ।

जबाफमा स्वास्थ्यमन्त्री चौधरीले डा.केसीले उठाएका चिकित्सा शिक्षा सुधारसम्बन्धी एक, तीन र चार बुँदाका माग पूरा गर्न सरकार सकारात्मक रहेको तर अख्यितार प्रमुखमाथि महाअभियोग लगाउनुपर्ने भन्ने माग सरकारको कार्यक्षेत्राधिकारमा नपर्ने भन्दै त्यसलाई पूरा गर्न असमर्थ भएको जानकारी राष्ट्रपतिलाई गराएका थिए ।

अनशनको ११ औं दिन डा.केसीको समर्थनमा राजधानीमा अधिकारकर्मी, रेसिडेन्ट चिकित्सक तथा विद्यार्थीले ऐक्यबद्धता जुलुस निकाले । बुधबार पनि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतका क्याम्पसमा पठनपाठन र त्रिवि शिक्षण अस्पतालका ओपीडी सेवा प्रभावित रहे ।

राष्ट्रपति भण्डारीले डा. केसीको स्वास्थ्य अवस्थामा गिरावट आएको भन्ने सूचनामा केकति सत्यता छ भन्दै र उनको जीवनरक्षाका लागि अहिलेसम्म केकस्तो उपचारको पहल गरिएको छ भन्ने प्रश्न स्वास्थ्यमन्त्री चौधरीसमक्ष राखेकी थिइन् ।

मन्त्री चौधरीले डा. केसीको उपचारका लागि विशेषज्ञ टोली खटाएको र आवश्यक औषधि उपकरण सरकारले निःशुल्क व्यवस्था गरेको बताएका थिए । स्वास्थ्यमन्त्री चौधरीले राष्ट्रपतिसँगको भेट र डा.केसीको माग, उनको अनशनपछि उत्पन्न समस्याबारे बुधबारै साँझ प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । त्यसअघि सभामुख ओनसरी घर्तीमगरले अस्पतालमा पुगेर डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।

उनी अस्पताल पुग्दा केसी समर्थक विद्यार्थी र रेजिडेन्ट चिकित्सकले माग पूरा गर्न दबाब दिँदै नारा लगाएका थिए ।
यसैबीच डा. केसीका मागबारे संस्थागत रूपमा अडान नलिएको कांग्रेस र माओवादीले क्रमशः अर्जुननरसिंह केसी र जनार्दन शर्मासहितको टोली गठन गरी समस्या समाधानका लागि पहल गर्न निर्देशन दिएको छ ।

तत्काल डा. केसी र उनका समर्थक गई छलफलपछि महाभियोगबोहकका मागमा आफ्नो समर्थन रहने र त्यो पूरा गर्न पहल गर्ने आश्वासन दिएको समितिका एक नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.