प्रचण्डले भने- सहमतिका लागि भारत र चीन कार्ड देखाउँदिन

प्रचण्डले भने- सहमतिका लागि भारत र चीन कार्ड देखाउँदिन

काठमाडौं: प्रमुख राजनीतिक दलहरूभित्र अविश्वास र आशंकाको वातावरण बढ्न नदिन कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूसमक्ष चारवटा विकल्प प्रस्तुत भएका छन् । ती विकल्पमाथि चारवटै दलका शीर्ष नेतृत्व र दोस्रो पुस्ताका नेताहरूका बीचमा भइरहेको छलफलले सार्थकता पाए बिहीबार व्यवस्थापिका संसद्बाट सहज रूपमा राजनीतिक निकास निस्कने विश्वास तीनवटै दलका नेताहरूले लिएका छन् ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता हरिबोल गजुरेलका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिने, कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीविरुद्ध संसद्मा दर्ता गराएको अविश्वास प्रस्ताव फिर्ता लिने, संसद्मा विचाराधीन विनियोजन विधेयक पारित गर्ने र नयाँ सरकार गठन प्रक्रिया सुरु गर्ने विकल्पमाथि छलफल भइरहेको छ । ‘ती विकल्पमाथि छलफल भएमा दलहरूबीचको अविश्वास र आशंकाको वातावरण रहने छैन, सहज निकास निस्कन सक्छ', गजुरेलले अन्नपूर्णसँग भने, ‘सत्ता पक्ष कसरी प्रस्तुत हुन्छ भन्नेमा निर्भर गर्छ ।'

कांग्रेस र माओवादीले बिहीबारको संसद् बैठकमा अविश्वास प्रस्तावमाथि पहिला छलफल गर्न लगाउने अडान लिएका छन् भने एमालेले विनियोजन विधेयकलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अडान लिएको छ ।‘रातभर र बिहीबार बिहानसम्म आकस्मिक सहमति नभएमा अविश्वासको प्रस्तावमाथि छलफल हुन्छ', माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले अन्नपूर्णसँग भने ।

 

बिडारीका अनुसार दलहरूबीच सहमति भएमा संसद्ले नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउने र राष्ट्रपतिले सरकार गठन गर्न संसद्लाई आह्वान गर्ने स्थिति आउन सक्छ ।

‘सहमतिका आधारमा सरकार गठन गर्न राष्ट्रपतिले समयसीमा तोक्ने र सो समयभित्र सहमतिको सरकार गठन हुन नसकेमा बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्न सक्नुहुन्छ', बिडारीले भने ।

अविश्वास प्रस्तावका पक्षमा मतदान गर्न र त्यसको पक्षमा वातावरण बनाउन दाहालले आफ्ना सांसदलाई निर्देशन दिएका छन् । ओलीलाई पदबाट हटाउन अविश्वासको प्रस्ताव संसद्मा दर्ता गराएका माओवादी केन्द्रका अध्यक्ष दाहालले आफू भारत वा चीन कार्ड देखाउने पक्षमा नरहेको प्रस्ट्याएका छन् । आफूहरूलाई भारततर्फ लागेको र चीनविरोधीका रूपमा प्रस्तुत गरिएकोमा आपत्ति जनाउँदै भाबी प्रधानमन्त्रीका रूपमा प्रस्तावित दाहालले आफूले भारत र चीनका बीचमा सन्तुलित सम्बन्ध कायम राख्न कोसिस गर्ने पनि बताए ।

‘दुवै मुलुकबीच सन्तुलित र दौत्य सम्बन्ध कायम राख्न हाम्रो अध्यक्ष दृढ हुनुहुन्छ', बिडारीले भने । संसदीय दलको बुधबारको बैठक दाहालले शान्तिप्रक्रियलाई पूर्णता दिनका लागि पनि माओवादी नेतृत्वमा सरकार गठन गर्न उपयुक्त हुने धारणा व्यक्त गरेका हुन् ।

‘भारत र चीन दुवै नेपालको शान्ति र स्थिरताका पक्षमा छन् । शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनका लागि माओवादी नेतृत्वमा सरकार गठन गर्दा भारत र चीनलाई आपत्ति छैन', दाहाललाई उद्धृत गर्दै नेता गजुरेलले भने । लडाकु समायोजन पनि माओवादी नेतृत्वकै सरकारले गरेको गजुरेलले स्मरण गराए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.