हप्ता दिनदेखि खोटाङमा उडान अवरुद्ध

हप्ता दिनदेखि खोटाङमा उडान अवरुद्ध

साउनः एक हप्ता अगाडिदेखि लगातारको वर्षा र बाक्लो हुस्सुका कारण खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा उडान अवरुद्ध भएको छ ।

गत असार–२९ गते नेपाल एयरलाइन्सको विमानले उडान भरेको विमानस्थलमा वर्षा र हुस्सुका कारण त्यस यता कुनै पनि उडान हुन सकेका छैनन् ।

सदरमुकाम दिक्तेल नजिक रहेको विमानस्थलमा उडान अवरुद्ध भएपछि जिल्ला अस्पताल खोटाङबाट रेफर गरिएका बिरामीलाई सबैभन्दा बढी समस्या भएको छ । विमानस्थलमा उडान नभएपछि बिरामीलाई स्ट्रेचरमा बोकेर गाडी चढाउन कष्टका साथ हलेसीसम्म पुर्याउनुपर्ने बाध्यता रहेको बिरामीका आफन्तले बताएका छन् ।
 
पछिल्लो समय मौसममा आएको खराबीका कारण विमानस्थलमा उडान नहुँदा आफूलाई समेत समस्या भएको विमानस्थल प्रमुख यादवसेन राईले बताए ।

‘उडान हुन्छ भनेर टिकट काटेर विमानस्थल पुग्यो, फेरि अवरुद्ध हुन्छ ।’ उनले हलेसी अन्नपूणसगँ कुरा गर्दै भने, ‘मौसमले नै साथ नदिएपछि हामीले कसलाई दोष दिने ! पटक–पटकको अवरुद्धले हामी ज्यादै अप्ठ्योरमा परेका छौँ ।’

एक हप्ता कुर्दा पनि उडान नभए पछि गाडि भेट्न एक दिन लगाएर काठमाडौँ गएको दिक्तेलका पर्शुराम आचार्यले बताए । उनले भने, एक हप्ता एयरपोर्ट धाए उडान नभए पछि एक दिनको पौदल हिडेर काठमाडौँको यात्रामा लागे ।

गत वर्ष मात्रै कालोपत्रे गरिएको खानीडाँडा विमानस्थलमा नेपाल एयरलाइन्स, तारा र गोमा एयरलाइन्सले उडान भर्दै आएको थियो । हिलाम्मे र धुलाम्मे अवस्थामा उडान हुँदै आएको खानीडाँडा विमानस्थल कालोपत्रे गरिएपछि नियमित उडान हुनेमा जिल्लावासी हर्षित बनेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.