सहमति हुन सकेन, संसद बैठक शुक्रबार एक बजेसम्म स्थगित
काठमाडौँ: प्रमुख दलका नेताको शीर्ष बैठक निष्कर्ष बिहिन भएपछि व्यवस्थापिका संसद बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
संसदको कार्यसूचीमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावका विषयमा छलफलका लागि बसेको शीर्ष दलको बैठक निष्कर्ष बिहिन बनेपछि संसद बैठक स्थगित भएको हो ।
बिहान ११ बजेका लागि डाँकिएको संसद बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि बोलाइएको थियो । २ बजेका लागि बोलाइएको संसद बैठक समेत बस्न नसकेपछि ढिला गरी सूचना टाँसेर शुक्रबारसम्मका लागि बैठक स्थगित भएको जानकारी गराइएको हो ।
शीर्ष नेताको छलफलमा शुक्रबारको संसद बैठकमा एकीकृत कार्यसूची लगिने अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्रीले राजनीनामा दिने विषयमा छलफल भइरहेको छ ।