राजधानीमै स्कुल बसमा आगजनी

राजधानीमै स्कुल बसमा आगजनी

काठमाडौँ: बिहीबार बिहान काठमाडौँ महानगरपालिका-१५ डल्लु ताहाचलमा स्कुल बसमा आगजनी गरिएको छ।

ताहाचलस्थित महेन्द्र रत्न क्याम्पस रामघाट पुल नजिक आइडल मोडल स्कुल धोविघाट ललितपुरको बा.२ क ४६९ नम्बरको बसमा आगजनी भएको प्रहरीले जनाएको छ ।

अखिल नेपाल राष्ट्रिय विद्यार्थी केन्द्र र योङ कम्युनिस्ट फोर्स नेपाल लेखिएको पर्चासहित आएका ३ जना अपरिचित व्यक्तिले बसबाट विद्यार्थी झारी आगजनी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

आगजनीबाट बस आंशिक क्षति भएको छ । आगलागी प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रण गरेको थियो।

आगलागीका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.