डा. केसीका मागमा वार्ता सकारात्मक
काठमाडौँ: चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनसन बसेका डा. गोविन्द केसीका मागका विषयमा भएको वार्ता सकारात्म भएको छ।
सरकारी वार्ता टोली र डा.केसीको तर्फबाट सहभागी वार्ता टोलीले केसीका मागका केही बुँदामा लामो छलफल गरेका छन् । दिउँसो ३ बजेबाट साँझ ७ बजेसम्म भएको छलफल सकारात्मक भएको छ ।
सरकारी टोली र डा. केसी पक्षबीच केसीले अघि सारेका मागका बुँदा नम्बर १, ३ र ४ मा सकारात्मक छलफल हो । यी बुँदामा चिकित्सा क्षेत्रमा सुधारको माग गरिएको छ ।
वार्तामा सरकारकातर्फबाट स्वास्थ्य सचिव डा.शेनेन्द्रराज उप्रेती, शिक्षा सहसचिव डा लबदेव अवस्थी, प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी सहभागी थिए भने केसीका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनीकुमार झा, डा. रञ्जन सापकोटा, डा. जीवन क्षेत्री, डा.लिजन महर्जन, डा. स्नेहबन्दु रेग्मी र चिकित्साशास्त्रका विद्यार्थी सुमन आचार्य थिए ।
चिकित्सा क्षेत्रको सुधार सँगै अख्तियार दुरुपायोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग गर्दै डा. गोविन्द केसी १२ दिनदेखि अनसनमा छन् ।
वार्तापछि केसी पक्ष वार्ताटोली छलफलबारे जानकारी गराउन अनसनस्थल पुगेको छभने सरकारी टोलीले वार्तामा भएको छलफलबारे सरकारलाई जानकारी गराएको छ ।
केही बेरमै पुनः वार्ता हुने बताइएको छ ।