मुसलधारे पानी र आँधीले ४२ को मृत्यु, ७४ बेपत्ता

मुसलधारे पानी र आँधीले ४२ को मृत्यु, ७४ बेपत्ता

चीनः उत्तरी र मध्यचीनमा बुधबार बिहानदेखि अबिरलरुपमा परेको बर्षा र घनघोर बर्षासहित आँधीको कारण ४२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७४ हराएका छन्। बर्षापछि कारण हजारौँ व्यक्ति विस्थापित भएका छन्।

चीनमा को हेबेइ प्रान्तमा अविरलरुपमा परेको पानीका कारण ३० जनाको ज्यानको साथै अन्य ६८ जना हराइरहेका प्रान्तीय नागरिक मामिलासम्बन्धी विभागले बिहीबार सो जानकारी दिएको छ।

साथै सो विभागले बिहीबार पनि अपरान्हसम्म वर्षा कम नभएको र बुधबार बिहानदेखि बिहीबारसम्म नै वर्षा निरन्तररुपमा भइरहेको बताइएको छ।

सो प्रान्त करिब एक लाख ६३ हजार नौ सय व्यक्तिलाई सुरक्षित स्थानमा सारेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। उक्त प्रान्तका विभिन्न नगरका गरी करिब १० लाख नागरिक प्रभावित भएका छन्।

उक्त हेबेइ प्रान्तका ११ वटा नगरमा पानीको मात्रा घटेको छैन। निरन्तरको वर्षाका कारण बाढी आएको छ र सो बाढीमा कैयौँ व्यक्ति थुनिएका वा हराएका छन्।

त्यसैगरी, छिमेकमा पर्ने प्रान्त हेनानमा अबिरल बर्षा र आँधीको कारण १२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ जना हराइरहेको प्रान्तीय बाढी नियन्त्रण प्रमुख कार्यालयले जनाइएको छ।

मुसलधारे बर्षासहितको आँधी र बाढीको कारण सो क्षेत्रबाट एक लाख पाँच हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ।

घनघोर बर्षापछि आएको बाढीले हजारौँ घर ध्वस्त बनाएको छ। बाढीका कारण बालीनाली, स्थानीय पूर्वाधारका साथै ठूलो जनधनको क्षति पुगेको समाचारमा जनाइएको छ।

उक्त दुवै प्रान्तमा उद्वारको प्रयास जारी रहेको पनि बताइएको छ। ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको र उद्वारकर्मी खटाइएको सो समाचारमा उल्लेख गरिएको छ।

यसैबीच बेइजिङबाट प्राप्त एक समाचारअनुसार बेइजिङ्मा पनि भारी बर्षाको चेतावनी कायमै रहेको छ। बेइजिङ्मा भारी मात्रामा पानी पर्ने चेतावनी बुधबार मात्र दिइएको थियो।

चीनको मध्य र उत्तरी बन्दरगाह सहरमा बुधबार व्यापक मात्रामा वर्षा भएको थियो। अविरल वर्षा भएपछि सतर्कताको लागि चेतावनी दिइएको मौसम विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.