जलमग्न भयो जनकपुर

जलमग्न भयो जनकपुर

जनकपुरधाम: अविरल वर्षाका कारण जनकपुर उपमहानगरपालिका जलमग्न भएको छ । लगातार तीन दिनदेखि भइरहेको वर्षाका कारण नगर प्रवेश गर्ने मुख्य सडक डुबानमा परेका छन् भने अधिकांश नगरवासीको घरमा पानी प्रवेश गर्दा जनजीवन अस्तव्यस्त बनेको छ ।

जनकपुर अञ्चल अस्पतालको आकस्मिक कक्षमासमेत एक फिटभन्दा बढी पानी जमेका कारण बिरामीको उपचारमा कठिनाइ उत्पन्न भएको छ । अस्पताल परिसरमा पानी पस्दा बिरामी र कुरुवालाई औषधि ल्याउन, टिकट काट्न समस्या भएको हो । जनकपुरका अधिकांश सरकारी कार्यालयसमेत डुबानमा परेका छन् । जनकपुर अञ्चल यातायात कार्यालयमा पानी भरिँदा लाइसेन्स नवीकरण, नामसारीसहित राजस्व बुझाउन आउने सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषा, आन्तरिक राजश्व कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि कार्यालय, हुलाक कार्यालय, जिल्ला विकास कार्यालय, मालपोत कार्यालय, नापी कार्यालयसहितका सरकारी अड्डा जलमग्न भएपछि सेवाग्राहीलाई समस्या भएको छ । जिल्लाको तुल्सीयाही निकास गाविसबाट नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आएका शिवकुमार झाले कार्यालय आउने बाटो र परिसरमा समेत पानी जमेको कारण उभिनसमेत कठिन भएको बताए ।

 

जनकपुर विमानस्थलको रन वे पानीले डुबेपछि जहाज अवतरण गर्न र उडान गर्न अप्ठ्यारो भएको छ । यस्तै अवस्था रहे उडान रद्द गर्नुपर्ने अवस्था आउने विमानस्थलका कर्मचारीले बताएका छन् ।

नगरक्षेत्रमा वकिल टोल, मिल्स एरिया, कदम चोक, विश्वकर्मा चोक, क्याम्पस चोकमा रहेका सयौं घरमा पानी पसेपछि सर्वसाधारणलाई दैनिकी चलाउन कठिन भएको छ ।

जनकपुर नगर क्षेत्रमा नालाको उचित व्यवस्था नहुँदा र अव्यवस्थित सहरीकरणका कारण वर्षात्मा पानीको निकास नहुने समस्या विकराल हुँदै गएको हो । उपमहानगरपालिका कार्यालयले घरको नक्सा पास गर्दा अनुगमननै नगर्ने र घरधनीले मनोमानी रूपमा नाला पुरेर घर बनाउने र सडक संरचनामा समेत क्षति पुर्‌याएका हुनाले पानी निकासको समस्या भएको सेभ हिस्टोरिक जनकपुरका संयोजक रामाशीष यादव बताउँछन् ।

असार मसान्तमा बजेट मिलाउनका लागि विभिन्न कार्यालयले सडकको मापदण्डनै नहेरी मनपरी रूपमा ग्राभेल हालेर सडक अग्लो बनाएका हुनाले पनि बस्ती डुबानमा पर्न थालेको यादवको भनाइ छ । नगरका पानी निकास हुने नालाहरू जीर्ण भइसकेका र कतिपय स्थानमा सडकभन्दा नाला माथि भइसकेको हुनाले वर्षाको पानीले निकास पाउन कठिन भएको हो ।

जनकपुरमा नाला, सडक र फोहोरमैला व्यवस्थापनका लागि एसियाली विकास बैंकको ऋण सहयोगमा दुई अर्बको लागतमा एकीकृत सहरी विकास आयोजना सञ्चालन भए पनि हाल वर्षा र हिलोको समस्याका कारण काम अगाडि बढ्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.