बोक्सी आरोपमा महिलालाई दिसा खुवाइयो

बोक्सी आरोपमा महिलालाई दिसा खुवाइयो

वीरगन्ज: पर्साको हरिहरपुर गाविसमा एक महिलालाई बोक्सीको आरोपमा दिसा खुवाइएको छ । हरिहरपुर गाविस २ का नेवानी राम र उनकी श्रीमती चम्पा देवीले बोक्सीको आरोप लगाउँदै गत शनिबार बिहान जबरजस्ती दिसा खुवाएको पीडित महिलाले बताएकी छन् ।

शनिबार बिहान धान रोप्न छिमेकी महिलालाई बोलाउन घरबाहिर निस्किएकी आफ्नी श्रीमतीलाई बाटोमा राम र उनकी श्रीमती चम्पा देवीले जबरजस्ती समातेर दिसा खुवाएको पीडित महिलाका श्रीमान्‌ले बताए ।

'श्रीमान् बिहानै खेतमा गइसक्नु भएको थियो । म खेत रोप्न छिमेकी महिला बोलाउन घरबाट निस्किएको थिएँ', बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सामा भेटिएकी पीडित महिलाले रुँदै भनिन् ,‘अचानक पछाडिबाट आएका नेवानी र उनकी श्रीमतीले जबरजस्ती समातेर सिसीमा ल्याएको दिसा मुखमा कोचिदिए ।'

खेतमा काम सकेर साँझ घर फर्किएपछि पीडित महिलाका श्रीमान् घटनाका बारेमा सोधपुछ गर्न जाँदा रामले कुटपिट गरेका थिए । कुटपिटबाट उनको देब्रे हात भाँचिएको छ ।

दिसा खुवाएपछि राम र उनकी श्रीमती चम्पा देवीले गाउँमा घुमेर गाउँलेलाई आफूले महिलालाई दिसा खुवाएको भन्दै हल्ला फिजाउँदै हिँडेको पीडित महिलाका श्रीमान्‌ले बताए ।

 

खेतमा काम सकेर साँझ घर फर्किएपछि पीडित महिलाका श्रीमान् घटनाका बारेमा सोधपुछ गर्न जाँदा रामले कुटपिट गरेका थिए । कुटपिटबाट उनको देब्रे हात भाँचिएको छ ।

दिसा खुवाएपछि राम र उनकी श्रीमती चम्पा देवीले गाउँमा घुमेर गाउँलेलाई आफूले महिलालाई दिसा खुवाएको भन्दै हल्ला फिजाउँदै हिँडेको पीडित महिलाका श्रीमान्ले बताए ।

रामकी छोरी एक वर्ष पहिले माइती आएका बेला उनका जेठा छोराको मृत्यु भएको थियो । अहिले केही समयदेखि माइतीमै रहेकी रामकी छोरीको नवजात शिशु पनि बिरामी छन् ।

बोक्सीको तन्त्र मन्त्र लगाएर आफ्नो जेठो नाति मारेको र अहिले कान्छो नातिलाइ पनि उनले नै तन्त्रमन्त्र गरेका कारण बिरामी पारेको भन्दै दिसा खुवाएको पीडित महिलाका श्रीमान्ले बताए ।

पीडित महिलाले घटनाबारे बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् । उनको उजुरीको आधारमा प्रहरीले आरोपित राम र उनकी श्रीमती चम्पा देवीलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाइ इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखिएको छ । पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले भने पीडित महिला दिएको उजुरीका आधारमा आरोपित राम र उनकी श्रीमतीलाई सोधपुछका लागि बिहीबार नियन्त्रणमा लिएको बताए ।

घटनाका बारेमा सत्यतथ्य बुझ्न इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चक्रबहादुर शाहलाई निर्देशन दिइएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

आरोपित रामले भने आफूले ती महिलालाई बोक्सीको आरोप नलगाएको बताए । ‘मैले न बोक्सीको आरोप लगाएको छु, न दिसा नै खुवाएको छु', उनले भने,‘ कुलोको पानीको विषयमा पहिले देखिको झगडा थियो, त्यही निहुँमा ती महिलाले ममाथि यस्तो आरोप लगाएकी हुन् ।'

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.