सकेसम्म अपरेसन नगरेको राम्रो

सकेसम्म अपरेसन नगरेको राम्रो

सर्जरी अर्थात् अपरेसनको चमत्कारबाट मानिसहरू प्रभावित छन् । प्राय दिनहुँजसो मुटु बदल्ने, किड्नी फेर्ने, लिंग, आँखा, घुँडा, लिवर प्रत्यारोपण गर्नेदेखि टाउकोसमेत बदल्ने कुराहरू रेडियो, टीभी तथा विभिन्न पत्रपत्रिकाको माध्यमबाट पढ्न र सुन्न पाउँछन् ।

आखिर के हो त सर्जरी ?

शल्यशास्त्र चिकित्सा विज्ञानको एउटा भिन्नै शाखा हो । शारीरिक संरचनात्मक एवं क्रियात्मक अनियमिततालाई आवश्यकता परेको बेला शल्यक्रिया अथवा हस्तकौशलद्वारा उन्मूलन गर्नुलाई शल्यचिकित्सा भनिन्छ । कुनै पनि रोगको प्रकटीकरण शरीरको सामान्य स्थितिमा परिवर्तनको फलस्वरूप नै देखिन्छ । शरीरको यो परिवर्तनलाई हामी तिन रूपमा देख्न सक्छौ ।

कार्यात्मक परिवर्तनः

कब्जियत हुनु, पखाला चल्नु, हृदयको गति घट्नु–बढ्नु, असाधारण रूपमा भोक लाग्नु आदि संवेदनात्मक परिवर्तनः असमान्य रूपमा तिर्खा लाग्नु, चिसोको अनुभव गर्नु, गर्मी महसुस हुनु, दुखाइ हुनु, भय, भ्रम, रिस, शंका इत्यादि ।

रचनात्मक परिवर्तनः

शरीरको कुनै अंग विशेषमा रगत बढी मात्रामा सञ्चय हुनु, सुन्निनु, पिलो, घाउमा पीप भरिनु, कुनै अंग विशेष सुक्नु वा क्षय हुनु, शरीरको कुनै भाग विशेष रूपले कडा हुनु, दुर्घटनामा परी अंगभंग हुनु, जोर्नी आफ्नो ठाउँबाट खुस्किनु, यान्त्रिक कारणबाट हुने दुर्घटना इत्यादि ।

यी तिनै प्रकारको परिवर्तनमध्ये रचनात्मक एवं क्रियात्मक अनियमिततालाई ठीक पार्नका लागि नै शल्यक्रियाको आवश्यकता पर्दछ । कुनै पनि चिकित्सा पद्धति होस् । आयुर्वेदिक, होमियोप्याथिक, युनानी, नेचरोप्याथिक शल्यक्रियाको जहाँ आवश्यकता छ, त्यहाँ सबै चिकित्सा प्रणालीले सर्जरीको आवश्यकता ठान्दछन् । सम्बन्धित सर्जनकहाँ रोगीलाई उपचारार्थ रिफर गर्दछन् ।

तर कतिपय यस्ता रोगहरू पनि छन् जुन रोगको निदान गरेपश्चात् एलोप्याथिक चिकित्सकद्वारा बिरामीलाई तुरुन्त अपरेसन गराउन सल्लाह दिइन्छ । जस्तै किडनीको पथरी, पित्तथैलीको पथरी, टान्सिलाइटिस, पाइल्स, फिस्टुला, एनलफिसर, ट्युमर, नोजलपलिप्स, केलायड, एनोयाड, मुसा, सायटिका, सायनुसाइटिस, प्रारम्भिक अवस्थाको मोतीबिन्दु, अल्सरेटिभ कोलाइटिस आदि ।

यस्ता रोगहरू बिनाअपरेसन होमियोप्याथिक उपचारबाट सर्जरीले भन्दा राम्रो परिणाम दिएको पाइन्छ । यो कुरा व्यावहारिक रूपमै प्रमाणित भइसकेको छ । भनाइ नै छ होमियोप्याथीमा उपचार गराउँदा शल्यक्रियाबाट बच्न सकिन्छ । यो भनाइ केही हदसम्म ठीकै हो तर सबैजसो सर्जिकल केसमा भने होइन ।

केही यस्ता रोगहरू पनि छन् जसमा अपरेसन अत्यन्त आवश्यक हुन्छ । कारण हो रोगी अमुक रोगबाट यतिग्रस्त भइसकेको हुन्छ कि उसलाई औषधि उपचारबाट सामान्य अवस्थामा ल्याउन सकिँदैन । उदाहरणका लागि हर्निया, युरेथ्रास्ट्रिकचर, सिजिरियन सक्सनद्वारा बच्चा निकाल्नु (यदि बच्चाको टाउको योनिद्वारभन्दा ठूलो छ भने) नाकको हड्डी टेढो हुनु, कानको पर्दामा प्वाल पर्नु, अपेन्डिसाइटिस, ब्रेनहेमरेज, ब्रेनटियुमर, इनकम्पलिट आदि अवस्थामा शल्याक्रिया आवश्यक हुन जान्छ । बिरामीले अपरेसन गराउनै पर्छ ।

यस्ता कैयौं रोगहरू भेटिन्छन् जसको अपरेसन गर्दा पनि शरीरको अन्य ठाउँमा कुनै अर्को रूपमा नयाँ किसिमको रोग भएर देखिन्छन् । अपरेसन गरेपछि देखिने स्वास्थ्य समस्यामा गर्भाशय (पाठेघर) निकालेपछि कुनै महिलामा टन्सिल बढेर आउँछ, कसैलाई छालासम्बन्धी रोगले समात्छ, कसैको स्वरभंग हराउँछ । कसैलाई बारम्बार रुघा लाग्ने समस्याले भेट्छ भने कसैलाई जीवनभरि ढाड दुख्ने समस्या देखिन्छ ।

मूत्रपत्थरीको अपरेसन तीन–तीन पटक गराउँदा पनि पत्थरी बन्ने प्रक्रिया रोकिँदैन । कसैको पाइल्सको अपरेसन गरेपछि केही समयपछि फिस्टुला हुन्छ । कुनै दुर्घटनामा परी अंगभंग भएमा या बच्चा जन्मिने बेला हुने शारीरिक विकृतिहरू हटाउनेसम्म त शल्यक्रियाको उपयोग गर्नु ठीक हो ।

 

तर प्रकृतिले मानिसको शरीरमा जुन अंगप्रत्यंग बनाएको छ, ती सबै पार्टपुर्जाको आ–आफ्नै उपयोगिता छ । टन्सिलबाट एक प्रकारको जुन लसिककरण निस्किन्छ, यो खाद्यको साथै मुखमा प्रवेश गर्ने जीवाणुको समान हो । जुन पाचन क्रियामा सहायक हुन्छ । टन्सिलले द्वारपालको काम गर्दछ । यदि चौकीदारलाई नै निकालिदिने हो भने घरमा चोर पस्ने खतरा हुन्छ भने झैं असमयमै महिलाको गर्भाशय निकालिदिनाले उसको महिनाबारी रोकिन्छ । फलस्वरूप शरीरमा कयौं प्रकारका बिकारहरू जन्मिन्छन् ।

अधिकांश महिलामा यस्तो अपरेसनपछि पनि मोटो हुने, कम्मरको वरिपरि बोसो थुप्रिने र त्यो भाग अस्वाभाविक रूपमा धेरै मोटो भद्दा हुने हुन्छ । यसले कम्मर दुख्ने समस्या सुरु हुन्छ । मानसिक रूपले उदास हुने, चाँडै रिसाउने, राम्रैकुराभन्दा पनि झर्को मान्ने, सेक्सप्रति अरुचि हुने आदि मानसिक समस्या पनि देखिन्छन् ।

अचेलका मानिसलाई रोगको बारेमा र त्यसको उपचारका बारेमा धेरै थाहा छैन । फलस्वरूप गलत उपचारले गर्दा मानिसहरू दुःख पाइरहेका छन् ।

वर्ष दिनअघिको कुरो हो, अन्दाजी ५५ वर्षका एकजना बिरामी क्लिनिकमा आए । फिस्टुलाबाट पीडित थिए उनी । तीन पटक अपरेसन भइसकेको थियो । उनी रोगबाट मुक्त हुन सकेनन् । उनको दैनिक जीवन धेरै कष्टपूर्ण थियो । दिनमा तीन–चार पटक पेन्टी फुर्नुपर्ने अवस्था थियो । मलद्वारमा पोलेजस्तो जलन । पीप र रगत मिस्सिएको तरल पदार्थ बगिरहने । दिसा गर्न, बस्न गाह्रो हुन्थ्यो । उनको मानसिक एवं शारीरिक लक्षणअनुसार– होमियोप्याथिक औषधि नाइट्रिकएसिड १००० शक्तिको औषधि सेवन गर्न र केलैन्डुला मलम लगाउन दिइयो ।

एक वर्षपछि आज उनलाई कुनै कष्ट छैन । हाल फलोअपमा आउँछन् । यस्तै ४५ वर्षका एक कुशलवक्ता तथा हाइस्कुलका शिक्षक छन् । उनको स्वरयन्त्रको पर्दा फाटेको थियो । उनी बोल्न नसक्ने अवस्थामा थिए । आफ्नो कुरा लेखेर व्यक्त गर्दथे । डाक्टरले उनलाइ अपरेसन गर्ने सल्लाह दिएका थिए । तर उनलाई अपरेसन गर्न डर लाग्यो ।

एकपटक होमियोप्याथिकमा पनि उपचार गराई हेरौं भन्ने उनलाई लाग्यो । उनलाई औषधि दिएर पठाएँ । अहिले धेरै सुधार भएको छ । अचेल राम्रोसँग बोल्नु हुन्छ । यो त एउटा क्लिनिकको कुरो हो । विश्वमा यस्ता कैयौं उदाहरण भेटिन्छन्, जहाँ होमियोप्याथिकले बिरामीलाई बिना अपे्रसन औषधिले मात्र रोग ठीक गरेको छ ।

अचेलका मानिसलाई रोगको बारेमा र त्यसको उपचारका बारेमा धेरै थाहा छैन । फलस्वरूप गलत उपचारले गर्दा मानिसहरू दुःख पाइरहेका छन् । त्यसैले उल्लेखित रोगबाट पीडित बिरामीले पहिला होमियोप्याथिक चिकित्सामा प्रयास गर्नुपर्छ । त्यसपछिमात्रै शल्यक्रिया आवश्यक भए नभएको निर्णय गर्नु उपयुक्त हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.