डा. केसीसँगको वार्ता पुनःसुरु

डा. केसीसँगको वार्ता पुनःसुरु

काठमाडौंः अनशनरत डा. गोविन्द केसीसँग दोस्रो चरणको वार्ता सुरु भएको छ। बिहीबारको वार्ता सकारात्मक भएपछि शुक्रबार १२ बजेबाट पुन वार्ता सुरु भएको हो ।

बिहीबारको वार्तामा डा. केसीले अघि सारेका प्रस्तावित मनमोहन चिकित्सा विज्ञान प्रतिष्ठान विधेयक फिर्ता, मेडिकल कलेजहरूको शुल्क सीमा तोक्नुपर्नेलगायत केहीबाहेक चिकित्सा शिक्षा क्षेत्र सुधारका माग पूरा गर्न सरकार सहमत भएको छ ।

डा. केसीले अख्तियार प्रमुखमाथि महाभियोग लगाउने भन्दै अघि सारेको मागमा भने सरकारले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै छलफलको एजेन्डा बनाएन । सरकारका तर्फबाट खटिएको स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयका सचिवहरूको टोली र डा. केसी समर्थक टोलीबीच बिहीबार भएको पहिलो चरणको वार्ता सकारात्मक उन्मुख भएको हो । बिहीबार दिउँसो सबा ३ बजेदेखि झन्डै चार घन्टा चलेको वार्तामा भएका उपलब्धिबारे प्रधानमन्त्री र डा. केसीलाई जानकारी गराएपछि पुनःवार्ता सुरु भएको हो ।

बिहिबारको वार्तामा संलग्न स्वास्थ्य सचिव डा. उप्रेतीका अनुसार डा. केसीले उठाएका चिकित्सा शिक्षा क्षेत्रका केही मागबाहेक अरूमा सहमति नजिक पुगे पनि अझै छलफल आवश्यक भएको बताए । अख्तियार प्रमुखलाई महाभियोग लगाउने विषयमा संसद्लाई जिम्मा लगाउने सहमति भएको उनले बताए ।

वार्तामा सरकारकातर्फबाट स्वास्थ्य सचिव डा. उप्रेती, शिक्षा सहसचिव डा.लवदेव अवस्थी, प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी सहभागी थिए भने केसीका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनीकुमार झा, डा. रञ्जन सापकोटा, डा. जीवन क्षेत्री, डा.लिजन महर्जन, डा. स्नेहबन्धु रेग्मी र चिकित्साशास्त्रका विद्यार्थी सुमन आचार्य छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.