लोकमानलाई संसदीय समितिमा उपस्थित हुन निर्देशन
![लोकमानलाई संसदीय समितिमा उपस्थित हुन निर्देशन](https://annapurnapost.prixacdn.net/media/albums/5791c6e9684630.98416818_vsRPv8oCzv.jpg)
काठमाडौंः व्यवस्थापिका संसद अन्तर्गतको अनुगमन तथा सुशासन समितिले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई संसदीय समितिमा उपस्थित हुन निर्देशन दिएको छ ।
शुक्रबार बसेको समितिको बैठकले केयुको परीक्षा सञ्चालन गर्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गरेको भन्दै अख्तियार प्रमुख कार्की र सम्पूर्ण आयूक्तहरुलाई संसदीय समितिमा उपस्थित हुन् समितिले निर्देशन दिएको हो ।
काठमाडौं युनिभर्सिटीको स्कुल अझ मेडिकल साइन्सेजको पोस्ट ग्य्राजुएट (पीजी)को प्रवेश परीक्षामा सुरक्षाकर्मीसहित गएको आयोगको टोलीले परीक्षा सञ्चालनमा हस्तक्षेप गरेको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)