वीर अस्पताल दुवाकोटमा सार्ने मन्त्रिपरिषद्को निर्णय

 वीर अस्पताल दुवाकोटमा सार्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ: शुक्रबारको मन्त्रिपरिषद् बैठकले देशकै पुरानो वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा सार्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले दुवाकोटमा जग्गा प्राप्तीका लागि स्वीकृति दिएपछि वीर अस्पताल सर्ने पक्का भएको छ।

राजधानीको अति व्यस्त स्थान महाबौद्धमा रहेको वीर अस्पताल साँघुरो र नयाँ संरचना निर्माण गर्ने समेत स्थान नभएको भन्दै मन्त्रिपरिषद्ले अस्पताललाई भक्तपुरको दुवाकोटमा सार्ने निर्णय गरेको हो।

 मन्त्रिपरिषद् बैठकले वीर अस्पताललाई दुवाकोटमा एक हजार शैयाको बनाउने निर्णय समेत गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए।

सरकारको नीति कार्यक्रम र बजेट तथा संसद्बाट पारित विनियोजन विधेयकमा उल्लेख भएअनुसार अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय, आधुनिक र विश्वसनीय वीर अस्पताल निर्माण गर्न भक्तपुरको दुवाकोटमा करिब ७०० रोपनी जग्गा उपलब्ध गराउने निर्णय बैठकले गरेको हो ।

राष्ट्रिय आमसञ्चार नीति स्वीकृत
मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय आमसञ्चार नीति, २०७३ स्वीकृत गरेको छ । सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही साउन ५ गते आफ्नो प्रतिवेदन बुझाएको थियो ।
मन्त्रिपरिषद्को २०७२ माघ १० मा गठित समितिले दिएको सुझावका आधारमा सो नीति स्वीकृत गरेको हो ।

समितिका अध्यक्ष काशीराज दाहालले हस्तान्तरण गरेको प्रतिवेदनमा सञ्चारमाध्यममा हुने लगानीको पारदर्शीता, श्रमजीवी पत्रकारको हक अधिकार, मिडियाको पुनःसंरचनालगायत विषय छन् ।

प्रतिवेदनले आमसञ्चारसम्बन्धी नियामक निकायको सम्बन्धमा राष्ट्रिय आमसञ्चार प्राधिकरण, सार्वजनिक सेवा प्रसारक नेपाल, विज्ञापन परिषद्को स्थापनाका साथै प्रेस काउन्सिलको भूमिका र संरचनामा सुधार गर्न सुझाएको थियो ।

विज्ञापनमा ‘क्लिन फिड’ नीति
बैठकले स्वदेशी टेलिभिजन र विज्ञापन एजेन्सीलाई प्रोत्साहन गर्न तथा विदेशी विज्ञापनको प्रभाव रोक्न ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेको छ ।

यो नीतिले विदेशिएको विदेशी मुद्रा कम गर्न, नेपालमा राजस्व र रोजगारी बढाउन तथा नेपाली भाषा र संस्कृतिमा परेको नकारात्मक प्रभाव कम गर्न सघाउनेछ । यो नीति नेपालभित्र प्रसारित हुने टेलिभिजनका विज्ञापनमा लागू हुनेछ ।

युरोनियमको सुरक्षा सेनाले गर्ने
बैठकले मुस्ताङको लोमान्थाङस्थित युरोनियम रहेको स्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ ।

यसैगरी, चीनको चोङ क्युङ सहरका लागि अवैतनिक नेपाली वाणिज्य दूतमा चिनियाँ नागरिक कोङ म्यान तिनलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए । राससको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.