दुई बजे पनि संसद बैठक बस्न सकेन, अन्योल कायमै

दुई बजे पनि संसद बैठक बस्न सकेन, अन्योल कायमै

काठमाडौँः शुक्रबार २ बजेका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक बस्न नसकेपछि संसद भवनमा उपस्थित सांसद अन्योलमा परेका छन् ।

संसद बैठक अगावै अविश्वासको प्रस्ताव पहिला पेश गर्ने कि आर्थिक विधेयक पेश गर्ने भन्ने विषयमा प्रमुख दलका बीचमा सहमति गर्ने भनिएको भए पनि शीर्ष तीनदलको बैठक बस्न नसक्दा संसद बैठक बस्न नसकेको हो ।

यता, नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको संयुक्त बैठकले व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव अगाडि बढाउने निर्णय गरेको भए पनि यस विषयमा एमालेले कुनै प्रतिक्रिया दिएको छैन् ।

तीन दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, बिमलेन्द्र निधीलगायत नेता सहभागी थिए भने माओवादीको तर्फबाट केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठलगायत नेता सहभागी थिए भने मधेसी मोर्चाको तर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेताहरु हृदयस त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, अनिल झालगायत नेता सहभागी थिए ।

तीन दलका शीर्ष नेताको बैठक बस्ने भनिएको भए पनि प्रधानमन्त्री उपस्थित नहुँदा शीर्ष नेताको बैठक अझै बस्न सकेको छैन् । शीर्ष नेताको बैठक बस्न नसक्दा दुई बजेको संसद बैठक बस्न नसकेको हो । सहमतिका लागि केहीदिनयता सभामुख ओनसरी घर्तीमगरले गरेको दौडधुप समेत उपलब्धि बिहिन भएको छ ।

सहमतिबिना संसद् चलाउँदा तनाव र भिडन्तको खतरा देखिएपछि सभामुखले सकेसम्म सहमतिमा पुग्न दलहरुलाई दबाब दिएकी छन् । तर सहमति जुट्न नसक्दा संसद बैठक अनिश्चित बनेको छ ।

मधेसीमोर्चा, कांग्रेस र माओवादीले अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरे पनि यो विषयमा एमालेसँग सहमति हुन सकेको छैन् ।

अविश्वास प्रस्तावभन्दा पहिले आर्थिक विधेयक नआए संसद् चल्न नदिने चेतावनी सत्तारुढ एमालेले दिइसकेको छ । कांग्रेस र माओवादीको दबाबमा जबरजस्ती संसद् चलाउन खोजिएमा प्रतिरोध गर्ने मनस्थितिमा सत्तारुढ दल बसेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.