'माओवादीले ठूलो गल्ती गरेको छ, प्रचण्ड छ महिनामै पछुताउनुपर्ने छ'

'माओवादीले ठूलो गल्ती गरेको छ, प्रचण्ड छ महिनामै पछुताउनुपर्ने छ'

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफै संलग्न सरकार गिराउन अविश्वास प्रस्ताव पेस गरेर माओवादी केन्द्रले ठूलो गल्ती गरेको र छ महिनापछि नै पछुताउनुपर्ने बताएका छन्।

पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा पुष्पलालको ३८औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा ओलीले भने, माओवादी केन्द्रले गल्ती मात्रै गरेको छैन । राजनीतिक बेइमानी पनि देखाएको छ। तर उ अाफै छ महिनापछि किन गल्ती गरियो भनेर पछुताउनुपर्नेछ ।

ओलीले सरकार परिवर्तन गरेर नेपालको राजनीतिक स्थिरताविरुद्धको ठूलो षड्यन्त्र भएको बताएका छन् । मुलुकमा चुनाव हुन नदिने उद्देश्यले विभिन्न शक्तिले सरकार परिवर्तनमा भूमिका खेलेको आरोप लगाए। 

उनले देश जनप्रतिनिधिविहीन बनाउन निर्वाचनका लागि आवश्यक पर्ने ऐन निर्माण काममा प्रतिपक्षलगायत दलले अवरोध गरेको बताए ।

प्रधानमन्त्री ओलीले पुष्पलालले धेरै पहिले रोपेको बीउ अहिले विश्वव्यापी रुपमा फैलिएको र उनको विचारलाई जननेता मदन भण्डारीले समयसापेक्ष बहुदलीय जनवादमा परिमार्जित गरी देशमा जनजीविका, सामाजिक न्याय र समानता कायम गर्न पार्टी प्रतिबद्ध रहेको बताए ।

अहिलेसम्म प्राप्त भएका उपलब्धिलाई स्थापित गर्न पार्टीले सशक्त भूमिका खेल्ने बताउँदै उनले भने, ‘हामी अहिले एक प्रकारको चक्रब्यूहमा परेका छौँ, त्यसमा पराजय हुँदैनौँ । माओवादीले देश तथा जनतालाई धोका दिएको छ केही समयमा नै उसले पश्चाताप गर्नेछ ।’

प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले डेढ वर्षभित्रमा चुनाव हुन नसकेमा संविधान कार्यान्वयन नहुनेमा चिन्ता व्यक्त गर्दै प्रमुख तीन दलले राष्ट्रिय सहमति गरेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए । उनले पुष्पलालको जन्मस्थान रामेछापको भङ्गेरीलाई ऐतिहासिक महत्वको स्थल बनाउनुपर्ने सुझाव दिए ।

पार्टीका पोलिटब्युरो सदस्य बेदुराम भुसाल, प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराईले पुष्पलालको विचारले नेपालको लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सही मार्गनिर्देश गरेको विचार व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.