संसद बैठक ४:३० बजे बस्ने, एकीकृत कार्यसूची दर्ता हुँदै

संसद बैठक ४:३० बजे बस्ने, एकीकृत कार्यसूची दर्ता हुँदै

काठमाडौँ: दिउँसो २ बजेका लागि बोलाइएको व्यवस्थापिका संसद ४ः३० बजेसम्मका लागि स्थगित गरिएको छ । ४:३० बजे बस्ने संसद बैठकमा आर्थिक विधेयक र प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावलाई एकीकृत रुपमा प्रस्तुत गरिने भएको छ ।

प्रमुख तीन दलले पहिला सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक विधेक दर्ता गर्ने र त्यसमाथि छलफल गरेपछि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने सहमति गरेपछि संसदमा एकीकृत प्रस्ताव दर्ता हुने भएको हो ।

तीन दलका शीर्ष नेताबीचको सहमति अनुसार संसद बैठक सुरु हुने बित्तिकै सभामुख  ओनसरी घर्तीमगरले आर्थिक विधेयक प्रस्तुत गर्नेछिन् । आर्थिक विधेकमाथिको छलफलपछि मतदान हुनेछ । आर्थिक विधेयकको पक्षमा एमालेले मतदान गर्ने छ भने विपक्षमा नेपाली कांग्रेस र माओवादी केन्द्रले मतदान गर्नेछन् ।

कांग्रेस र माओवादीले आर्थिक विधेयक पारित गर्न समर्थन नगर्दा आर्थिक विधेयक पारित नहुने निश्चित छ । आर्थिक विधेयक पारित नहुनुलाई सरकारको असफलताको रुपमा हेरिन्छ ।

आर्थिक विधेयकको कार्यविधि सकिएलगत्तै प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव संसदमा पेश हुनेछ । अविश्वासको प्रस्तावको प्रस्तावक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्ने छन् भने उक्त प्रस्तावलाई शेरबहादुर देउवाले समर्थन गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.