आर्थिक विधेयक फेल गराउने माओवादीको निर्णय
काठमाडौँ: नेकपा (माओवादी केन्द्र)ले व्यवस्थापिका संसद बैठकमा प्रस्तुत हुने आर्थिक विधेयकलाई असफल बनाउने निर्णय गरेको छ।
आर्थिक विधेयक पास गर्दा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बहुमत देखिने भएकाले माओवादीले विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले अन्नपूर्ण अनलाइनलाई जानकारी दिइन् ।
माओवादी यो निर्णयपछि संसदमा उपस्थित बहुमत सांसदले आर्थिक विधेयकको विपक्षमा मतदान गर्ने छन् । कांग्रेस र माओवादीले आर्थिक विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन् ।
एमालेले आर्थिक विधेयक संसदमा अविश्वासको प्रस्ताव भन्दा पहिला अघि बढाउनुपर्ने अडान नछोडेपछि कांग्रेस र माओवादीले विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन् ।