संसद्‍मा ओलीविरुद्ध अविश्वास प्रस्ताव पेस

संसद्‍मा ओलीविरुद्ध अविश्वास प्रस्ताव पेस

काठमाडौँ : व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ।

पहिलो हस्ताक्षरकर्ताका रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अविश्वासको प्रस्ताव पेस गर्दै बोलिसकेका छन्। एकघन्टाभन्दा लामो मन्तव्यमा उनको प्रहार ओलीमा केन्द्रित थियो। करिब नौ महिनाअघि प्रचण्डले नै ओलीलाई प्रधानमन्त्री बनाउन संसद्‍मा प्रस्ताव गरेका थिए।

एकीकृत कार्यसूची बनाएर अघि बढ्ने दलहरुबीचको सहमतिअनुसार सुरु भएको संसद्‌को बैठकमा आर्थिक विधेयकमा मतदानपछि अविश्वासको प्रस्तावमाथि छलफल थालिएको हो।प्रचण्डले बोलेपछि दुवै पक्षबाट बोल्ने क्रम सुरु भएको छ। अविश्वासको प्रस्तावमाथि तीन दिन छलफल हुनेछ।

आर्थिक विधेयकलाई फेल गराउने आन्तरिक रणनीतिअनुसार कांग्रेस र एमाले एकीकृत कार्यसूचीका लागि तयार भएका हुन् । आर्थिक विधेयक र यससँग सम्बन्धित थप दुई विधेयक प्रस्तुत भएपछि त्यसमा छोटो छलफल भएपछि मतदान भएको थियो। आर्थिक विधेयकको पक्षमा एमालेले मतदान गरे पनि विपक्षमा नेपाली कांग्रेस र माओवादी केन्द्रले मतदान गरेका थिए। तीनवटै विधेयक बहुमतले अस्वीकृत भएका थिए।

कांग्रेस र माओवादी केन्द्रले २५३ सांसदको हस्ताक्षरसहित गत असार २९ गते संसद्‌मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। संसदमा कायम रहेको सांसद संख्याको बहुमत अर्थात २ सय ९८ जना सांसदको समर्थनमा अविश्वास प्रस्ताव पारित भएर नयाँ सरकार बन्ने अवस्था छ। अहिले ओली नेतृत्वको सरकारको पक्षमा अब २ सय ५३ जना सांसद मात्र छन् ।

कांग्रेस, माओवादी, मधेसी तथा अन्यसमेत गरी सरकारको विपक्षमा भने ३ सय ४१ जना सांसद पुगेका छन् । मधेससहितको गठबन्धनले अविश्वास प्रस्तावलाई सघाउने निर्णय गरेको छ। गठबन्धनमा ४२ जना सांसदहरु छन् । शुक्रबार मधेसी मोर्चाका सांसदहरु पनि बैठकमा सहभागी छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.