संसद्‍ बहिष्कार गर्दै आएका मोर्चाका सांसदहरु पनि बैठकमा सहभागी

संसद्‍ बहिष्कार गर्दै आएका मोर्चाका सांसदहरु पनि बैठकमा सहभागी

काठमाडौं : निरन्तर संसद्को बैठक बहिष्कार गर्दै आएका मधेसी मोर्चासहितको गठबन्धनसँग आवाद्ध सांसदहरु पनि बैठकमा सहभागी छन् ।

ओली सरकार गिराउने काममा सहयोग गर्ने निर्णयबमोजिम उनीहरु संसद् बैठकमा सहभागी भएका हुन् । संसद् बैठक अघि कांग्रेस र माओवादी केन्द्रका नेताहरु र मधेसी मोर्चाका नेताहरुबीच अविश्वास प्रस्तावलाई सफल बनाउने सहमति भएको थियो ।

संविधान जारी भएपछि नै मधेसी मोर्चाका सांसदहरुले मधेस मुद्दामा संशोधनको माग गर्दै संसद्को बैठकमा सहभागी भएका छैनन् । प्रधानमन्त्री र राष्ट्रपतिको मतदानमा भने उनीहरु सहभागी भएका थिए ।

प्रधानमन्त्रीको मतदानमा मधेसी मोर्चाका सांसदहरुले सुशील कोइरालाको पक्षमा र केपी ओलीको विरुद्धमा मतदान गरेका थिए भने राष्टपति निर्वाचनमा पनि विद्या भण्डारीविरुद्ध मतदान गरेका थिए।

मधेससहितको गठबन्धनमा ४२ जना सांसदहरु छन् । संसदमा कायम रहेको सांसद संख्याको बहुमत अर्थात २ सय ९८ जना सांसदको समर्थनमा नयाँ सरकार बन्न सक्छ।अहिले ओली नेतृत्वको सरकारको पक्षमा अब २ सय ५३ जना सांसद मात्र रहेका छन् । कांग्रेस, माओवादी, मधेसी तथा अन्यसमेत गरी सरकारको विपक्षमा भने ३ सय ४१ जना सांसद पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.