नक्कली लाइसेन्स बोक्ने चालकमाथि कारबाही तीव्र

नक्कली लाइसेन्स बोक्ने चालकमाथि कारबाही तीव्र

काठमाडौं: केशरमहलमा लेन मिचेको कसुरमा कारबाहीमा परेका प्रकाश श्रेष्ठले ट्राफिक प्रहरीलाई खल्तीबाट दिएको सवारी अनुमतिपत्र (लाइसेन्स) हेरेर ट्राफिक प्रहरी अक्कनबक्क परे ।

स्मार्ट लाइसेन्समा उल्लिखित अनुहार र श्रेष्ठको अनुहार फरक पाएपछि ट्राफिक प्रहरीले सोधे, ‘तपाईंको नाम के हो ? ' श्रेष्ठले आफ्नो नाम प्रकाश बताए । लाइसेन्समा भने धनराज शर्मा पौडेल उल्लेख थियो ।

असार २९ को यो घटनामा महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गले श्रेष्ठलाई थप छानबिन गर्नुपर्ने ठहर गर्दै कार्यालयमा ल्यायो । पौडेलको लाइसेन्स कसरी आफूले बोकें भन्नेबारे श्रेष्ठ पनि दुविधामा परे ।

उनले मनिपर्स हेर्दा अर्को लाइसेन्स फेला पारे । दोस्रो लाइसेन्स भने आफ्नै थियो । तर कागजबाट बनेको । ट्राफिक प्रहरीलाई झन् शंका लाग्यो । श्रेष्ठले ट्राफिकलाई बुझाएको पौडेलको लाइसेन्समा फोननम्बर उल्लेख थियो ।

वृत्तका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार पौडेललाई वृत्तमा झिकाउँदा उनको साथबाट श्रेष्ठको स्मार्ट लाइसेन्स फेला पर्‌यो । श्रेष्ठसँग दुई फरक नम्बरका लाइसेन्स भेटेपछि यातायात व्यवस्था कार्यालय गएर बुझ्दा सुरुको कागजबाट बनाइएको लाइसेन्स अर्के व्यक्तिको नाममा थियो ।

 

उक्त लाइसेन्स ए, बी, एफ र जी ग्रुपको थियो भने स्मार्ट लाइसेन्समा ग्रुप ए र बी मात्रै । श्रेष्ठ झुटा साबित भए । उनलाई सरकारी छाप दस्तखत किर्ते अभियोगमा प्रहरीले कारबाही थालेको छ । ग्लोबल आईएमई बैंकमा कारोबार गर्दा बैंककै कर्मचारीले लाइसेन्स साटिदिएका थिए ।

दुई वर्षको अवधिमा ट्राफिक प्रहरीले विभिन्न स्थानबाट ३० वटा नक्कली लाइसेन्स फेला पारेको थियो । यीमध्ये २५ वटा लाइसेन्सका चालकले सुरुमा बनाएका नक्कली लाइसेन्स ट्राफिक प्रहरीले समातेपछि पुनः दोस्रोपटक लाइसेन्स बनाएका थिए ।

महाशाखाका अनुसार गत मंसिरमा स्याङ्जा पुतलीबजारका प्रसन्न अर्याल नक्कली लाइसेन्ससहित समातिए । उनले पाँच पटकसम्म लाइसेन्स बनाएका थिए । त्यसैगरी वीरगन्ज पर्साका मनीष लाखेले चारपटकसम्म नक्कली लाइसेन्स बनाएको महाशाखाको अनुसन्धानबाट खुल्यो । गत जेठ १८ गते सर्लाहीका सुमन थापा अर्काको लाइसेन्स बोकेर सवारी हाँकेको अवस्थामा फेला परे । महाशाखाले अनुसन्धान गर्दा उनले बोकेको लाइसेन्स नक्कली थियो ।

महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले ट्राफिक प्रहरीको कडाइपछि नक्कली लाइसेन्स बोक्नेको संख्या कम भएको बताए । ‘नक्कली लाइसेन्स बोकेको अवस्थामा फेला परेपछि सरकारी छाप दस्तखत किर्तेमा जेलसमेत जानुपर्ने कानुनी व्यवस्था भएपछि पनि चालक संयमित भएको हुनुपर्छ । अझै पनि हामी त्यस्ता चालकलाई खोजी रहेका छौं', अर्यालले भने ।

एक सय ६१ चालकको लाइसेन्स निलम्बनमा

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.