संसदमा आजपनि छलफल

संसदमा आजपनि छलफल

काठमाडौंः व्यवस्थापिका संसदमा आज पनि सरकार विरुद्ध पेश भएको अविश्वासको प्रस्तावका विषयमा छलफल सुरु भएको छ । संसदको शुक्रबारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए ।

अविश्वासको प्रस्तावमा भएको छलफल सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको संसद बैठकमा प्रश्नको जवाफ दिने कार्यक्रम छ ।
अविश्वासको प्रस्तावमाथि छलफल गर्न शुक्रबार, शनिबार र आइतबार संसद बैठक बोलाइएको छ ।

माओवादी अध्यक्षले गरेको अविश्वासको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले समर्थन गरेपछि प्रस्तावको पक्षमा तीन सय ४१ मत पुगिसकेको छ ।

कांग्रेसका २०६ सांसद छन् भने माओवादीका ८२ छन् । मधेसी मोर्चाले पनि प्रस्तावको पक्षमा मत दिने बताएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.