‘बेलुका सँगै सुतेको भाइ बिहान किन उठेर भाग्यो
काठमाडौं: नेपाली कांग्रेसका सांसद रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यंग्य गर्दै साँझमा सँगै सुतेको भाइ बिहान उठेर भाग्दा किन आफूलाई समीक्षा नगर्नुभएको भन्दै प्रश्न गर्नुभएको छ ।
व्यवस्थापिका संसदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको अविश्वासको प्रस्तावमाथिको छलफलमा सहभागी भएका सांसद लेखकले माओवादीले असार २८ गतेसम्म एमाले सरकारलाई साथ दिए पनि २९ गते सरकारबाट बाहिरिनु केही न केही कमजोरी भएको भन्दै कमजोरी के हो आफैंले सोच्न आग्रह गर्नुभएको छ ।
लेखकको व्यङ्ग्यातमक प्रस्तुती हुँदा एमाले नेताहरु शिर निहुरियाएर हाँसेका थिए भने माओवादी केन्द्रका सांसदले तालि नै ठोकेका थिए ।
संविधानमा लेखिएका कुरा राम्ररी परिभाषित गर्नुपर्ने भन्दै लेखकले संसदलाई सरकार गिराउने र बनाउने खेल खेल्ने ठाउँ नबनाई इतिहास रच्ने ठाउँ बनाउन पनि लेखकले आग्रह गरेका छन् ।