‘वीरविक्रम’को अडियो र टिजर सार्वजनिक

 ‘वीरविक्रम’को अडियो र टिजर सार्वजनिक

काठमाडौंः मिलन चाम्सको निर्माण तथा निर्देशन चलचित्र वीरविक्रमको अडियो र टिजर रिलिज गरिएको छ । भदौ ३ गते रिलिज हुने यस चलचित्रको अडियो एवं टिजर राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले नेपाली चलचित्रमा नयाँ सोचको खाँचो रहेको अंल्याए ।

यसअघि चलचित्र ‘हँसिया’ निर्देशन गरेका मिलनको यो दोस्रो चलचित्र हो । अहिलेका उम्दा अभिनेता दयाहाङ राईका साथै अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन, नाजिर हुसेनलगायतको अभिनय रहेको यो चलचित्र बेलालयत, हङकङलगायतमा भने प्रदर्शन भइसकेको छ ।

चलचित्रमा रेनशा राईको कोरियोग्राफी छ । ताराप्रकाश लिम्बूको संगीत रहेको यस चलचित्रमा तीनवटा गीत समावेश छ । चलचित्रको ‘सारे सारे’ बोलको गीत युट्युबमा सार्वजनिक भएसँगै हिट भएको छ भने ‘नजिक हुँदैछु’ बोलको गीतको भिडियो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अभिनेता दयाहाङ राईले गाउँको कथावस्तु भएकाले चलचित्र उत्कृष्ट बनेको बताए । कलाकार अनुपविक्रम शाहीले चलचित्र हेरेपछि दर्शकले आफ्नो भूमिकाबाट मनोरञ्जन लिने दाबी गरे भने अर्का कलाकार अर्पण थापाले चलचित्रमा आफू हास्यकलाकारका रूपमा प्रस्तुत भएको बताए ।

त्यसैगरी, कलाकार नाजिर हुसेनले आफ्नो भूमिकालाई चलचित्रमा न्याय गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.