अविश्वासको प्रस्तावमाथि आज मतदान

 अविश्वासको प्रस्तावमाथि आज मतदान

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्तावमाथि आइतबार मतदान हुने भएको छ। आइतबार छलफल सकिएपछि प्रधानमन्त्रले जवाफ दिने र मतदान गर्ने तयारी छ। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्‌को शुक्रबारको बैठकमा अविश्वासको प्रस्ताव पेस गरेका थिए। शुक्रबार र शनिबार दिनभर प्रस्तावमा छलफल भएको छ। शनिबारको बैठक साढे चार बजेसम्म चलाएर आइतबारसम्मका लागि स्थगित गरिएको छ।

कांग्रेस र माओवादी केन्द्रले २५३ सांसदको हस्ताक्षरसहित गत असार २९ गते संसद्‌मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। संसदमा कायम रहेको सांसद संख्याको बहुमत अर्थात २ सय ९८ जना सांसदको समर्थनमा अविश्वास प्रस्ताव पारित भएर नयाँ सरकार बन्ने अवस्था छ। अहिले ओली नेतृत्वको सरकारको पक्षमा अब २ सय ५३ जना सांसद मात्र छन् ।

कांग्रेस, माओवादी, मधेसी तथा अन्यसमेत गरी सरकारको विपक्षमा भने ३ सय ४१ जना सांसद पुगेका छन् । मधेससहितको गठबन्धनले अविश्वास प्रस्तावलाई सघाउने निर्णय गरेको छ। गठबन्धनमा ४२ जना सांसदहरु छन् । मधेसी मोर्चाका सांसदहरु पनि बैठकमा सहभागी छन्।

एकीकृत कार्यसूची बनाएर अघि बढ्ने दलहरुबीचको सहमतिअनुसार सुरु भएको संसद्‌को बैठकमा आर्थिक विधेयकमा मतदानपछि अविश्वासको प्रस्तावमाथि छलफल थालिएको हो।
आर्थिक विधेयकलाई फेल गराउने आन्तरिक रणनीतिअनुसार कांग्रेस र एमाले एकीकृत कार्यसूचीका लागि तयार भएका हुन् ।

आर्थिक विधेयक र यससँग सम्बन्धित थप दुई विधेयक प्रस्तुत भएपछि त्यसमा छोटो छलफल भएपछि मतदान भएको थियो। आर्थिक विधेयकको पक्षमा एमालेले मतदान गरे पनि विपक्षमा नेपाली कांग्रेस र माओवादी केन्द्रले मतदान गरेका थिए। तीनवटै विधेयक बहुमतले अस्वीकृत भएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.