राप्रपा सरकारबाट बाहिरियो, ओलीविरुद्ध मतदान गर्ने

राप्रपा सरकारबाट बाहिरियो, ओलीविरुद्ध मतदान गर्ने

काठमाडौ: सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

पार्टीको शनिबार बसेको संसदीय समितिले समर्थन फिर्ता लिने निर्णय गरेको हो। संसदीय समितिका संयोजक पशुपति शम्शेर राणको अध्यक्षतामा बसेको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सहप्रवक्ता किरण गिरीले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ।

बैठकले सरकारमा पठाएका मन्त्री समेत फिर्ता बोलाउने निर्णय गरेको छ। सो पार्टीका तर्फबाट सरकारमा दुई मन्त्रीहरु सहभागि भएका छन् । साथै संसदमा सरकारविरुद्ध पेश भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न पनि निर्देशन दिएको छ। संसदमा सो पार्टीका एक दर्जन संसद छन्। केही दिन पहिलासम्म सो पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्तारुढ दलको बैठकमा सहभागी हुदै आएको थियो।

संसदीय समितिमा पार्टी अध्यक्ष लोकेन्द्रबहादुर चन्द, डा प्रकाशचन्द्र लोहनी, दीपक बोहरा लागयतका नेताहरु छन्। संसदीय समितिले गरेको यो निर्णयमा अधिकांश पार्टी नेताहरु अनिभिज्ञ छन्।

पार्टीका प्रवक्ता ठाकुर शर्माले आफू काठमाडौ बाहिर रहेकोमा यो निर्णयमा अनिविज्ञता प्रकट गरे। सहमहामन्त्री भुवन पाठाकले पनि यस बिषयमा आफूलाई जानकारी नभएको बताए। उनले केन्द्रीय समितिको बैठक नबसेको बेला भएर संसदीय समितिले निर्णय गरेको हुन सक्ने प्रतिक्रिया दिए।

प्रधानमन्त्रीका प्रेस सल्लहकार प्रमोद दाहालले सरकारबाट फिर्ता हुनका लागि प्रधानमन्त्री कार्यलयमा पत्र आइनसकेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.