तीन करोडको सडक तीन साता पनि टिकेन

तीन करोडको सडक तीन साता पनि टिकेन

हेटौंडा: तीन करोड रुपैयाँ खर्चेर डिभिजन सडक कार्यालय हेटौंडाले कालोपत्रे गरेको सडकमा तीन साता नबित्दै खाल्डाखुल्डी पर्न थालेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडाको रातोमाटेदेखि राप्ती पुलसम्म चार किमि सडकमा पुरानो पिचमाथि नयाँ पिच ‘ओभर ले' गरिएको थियो । रातोमाटे क्षेत्रमा अझै स्तरीकरणको काम बाँकी छ ।

वर्षे झरीमा हतारहतार कालोपत्रे गरिएकाले तीन साता नबित्दै विभिन्न स्थानमा खाल्डाखुल्डी परेको हेटौंडा— ९ का माधव श्रेष्ठले बताए । ‘सडक कालोपत्रे गरेको तीन साता नबित्दै भत्कियो', उनले भने, ‘सरकारी बजेट सिध्याउने काममात्र भएको छ ।' सडकमा खाल्डाखुल्डी पर्दा सडक दुर्घटना बढेको हेटौंडा–४ का रामकुमार मगरले बताए । कर्रा, पशुपतिनगर र बजार क्षेत्रको सडकमा खाल्डाखुल्डी परेको उनले बताए ।

एक महिनायता यस क्षेत्रमा साना सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण थापाले बताए । ‘सडक पिच भएको देखेपछि द्रुत गतिमा सवारी चलाउने गरिन्छ', उनले भने, ‘खाल्डाखुल्डी याद नगरी चलाउँदा दुर्घटना बढेको हो ।' हेटौंडाको रातोमाटो, कर्रा र राप्ती पुल क्षेत्रमा बढी सवारी दुर्घटना हुने गरेको छ ।

सडक स्तरीकरणको ठेक्का पाएको आशीष निर्माण सेवा प्रालि काठमाडौंले निर्माणकार्य अझै बाँकी रहेको जनाएको छ । निर्माण कम्पनीका प्रमुख विजय गौलीले भने, ‘रातोमाटे क्षेत्रमा अझै स्तरीकरणको काम सकिएको छैन, यस बीचमा बनेका खाल्डाखुल्डी हामी मर्मत गर्छौं ।' झरीमा स्तरीकरणको काम गर्नुपरेकाले समस्या भएको उनले बताए ।

डिभिजन सडक कार्यालय हेटौंडाका इन्जिनियर राजेश यादवले एक वर्षसम्म ठेकेदार कम्पनीले मर्मत गर्नुपर्ने बताए । ‘करिब ५० लाख रुपैयाँ पैसा अझै हामीले भुक्तानी गरेका छैनौं', उनले भने, ‘सम्झौताअनुसारको काम भए नभएको अनुगमन गर्छौं ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.