राजनीतिक ठेकेदार र संविधान

राजनीतिक ठेकेदार र संविधान

संसद्मा अविश्वासको मतमाथि बहस भइरहँदा आरोप–प्रत्यारोपको शृंखलालाई स्वाभाविक मान्दा पनि यसपटक संसद्मा मतदानबाट यो प्रस्तावको टुंगो लागेपछि मुलुक कुन परिस्थितिमा प्रवेश गर्ला ? त्यो अहिले मुख्य चासोको विषय बनेको छ ।

आर्थिक र बजेट कार्यान्वयनसँग जोडिएका विधेयकहरू पराजित भइसकेका छन् अर्थात् अविश्वास प्रस्तावमा मतदान हुनुपूर्व नै प्रधानमन्त्री केपी ओलीको सरकारले सदनमा बहुमत गुमाएको स्पष्ट भएको छ । अविश्वास प्रस्तावको अन्तिम मतले यही प्रवृत्ति र सन्देश पुनस्र्थापित गर्नेछ । त्यसपछि के ? नेपालमा ०६३ को आन्दोलनको सर्वस्वीकार्य अर्थात् साझा माग सुदृढ र संस्थागत प्रजातन्त्रका लागि थियो ।

तर आन्दोलनको समाप्ति अर्थात् राजा ज्ञानेन्द्रले गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीको शपथ खुवाई दलहरूलाई सत्ता हस्तान्तरण गरेलगत्तै ‘माग' को व्याख्या नेपाली जनताको संलग्नतामा भन्दा विदेशी खटन र आदेशमा हुन थाल्यो । प्रजातन्त्र संवैधानिक व्यवस्था हो ।

त्यसका मौलिक मूल्य र मान्यता कानुनी राज्यमा आधारित हुनुको साथै त्यो जनताको सर्वोच्चताको सिद्धान्तबाट निर्देशित हुन्छ । प्रजातन्त्रमा राजनीति सार्वभौम र स्वतन्त्र जनताबाट निर्णीत हुन्छ, बाह्य शक्ति या तिनका ‘रिजेन्ट' बाट हैन । आवधिक निर्वाचन, शक्ति सन्तुलन तथा स्वतन्त्र न्यायपालिका निर्विवाद सत्य नै हुन् प्रजातन्त्रका ।

 

प्रजातन्त्रको कार्यान्वयन शैलीमा विवाद उत्पन्न हुँदा पक्कै पनि राजनीतिक तह र दलहरूमा सुझबुझ हुनुपर्छ र त्यस्ता गम्भीर संकट समाधानमा राजनीतिक पात्रहरूको भूमिका हुन्छ । तर त्यो समाधानको खोजीमा संविधान अनि आफैँले स्थापित गरेका नजिरहरूको भूमिका हुनुपर्छ कि पर्दैन ? विगत १० वर्षमा राजनीतिक नेताहरूका हरेक आकारका ‘संकटहरू' आउँदा आफूलाई संविधानभन्दा माथि राख्दै त्यसको समाधान कथित नेताहरूबीचको सहमतिका आधारमा ‘समाधान' भएका छन् ।

वास्तवमा ती संकट समाधान नगरी टालटुल पारिएकाले अहिले ठूलो आकारमा देखा परेका छन् । यो अन्तरिम अवस्थामै दुईदुई ठाउँबाट संविधानसभा निर्वाचनमा पराजित भएर पनि प्रधानमन्त्री बन्न पुगेका माधव नेपालले अविश्वासको प्रस्तावमा भाग लिँदै मुलुक डुब्न लागेको र त्यसलाई बचाउन सक्ने ‘माझी' नदेखिएको अभिव्यक्ति दिए । अर्कोतिर सिंगो संसद् विभाजित छ । प्रस्तावको नतिजा विधिवत् रूपमा घोषणापछि के भन्नेबारे ।

एकथरी ‘राजनीतिक' निर्णयको पक्षमा छन्, फेरि आधा दर्जन ठेकेदारहरूलाई देश जिम्मा लगाउनुपर्छ भन्ने सुझावका साथ । अर्कोथरी राष्ट्रपतिले आवश्यक परामर्श र संविधानको अक्षर र मर्मअनुसार काम गर्नुपर्दछ भन्ने मान्यता राख्दछन् । दुवै विकल्पबाट आफ्ना सान्दर्भिकता छन्, तर संविधान यो परिस्थितिमा सचेत नागरिकले एकै किसिमले बुझ्नुपर्ने गरी स्पष्ट छैन भने त्यो संविधान अर्थहीन सावित भएको अर्थ लगाउनुपर्छ ।

त्यस अवस्थामा भावी राजनीतिक मार्ग र गन्तव्य कोर्ने जिम्मा त्यो असफल संसद् (दिवंगत संविधानसभा) या त्यसका केही ठेकेदारहरूले लिनु हुँदैन । अबको निर्णय व्यापक छलफल, परामर्श र निषेधको राजनीतिको अन्त्यबाट हुनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.