'अविश्वास प्रस्ताव पारित भएपछि प्रधानमन्त्री स्वतः पदमुक्त'

'अविश्वास प्रस्ताव पारित भएपछि प्रधानमन्त्री स्वतः पदमुक्त'

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद कृष्णप्रसाद सिटौलाले अविश्वास प्रस्ताव पारित भएपछि केपी ओली प्रधानमन्त्री स्वतः पदमुक्त हुने बताएका छन् ।

अविश्वास प्रस्तावको छलफलमा बोल्दै सिटौलाले भने, 'प्रधानमन्त्रीको पदमुक्ति र नयाँ प्रधानमन्त्रीको निर्वाचनको बारेमा कुनै पनि भ्रम छैन । अविश्वास प्रस्ताव पारित भएपछि राजीनामा दिए पनि नदिए पनि प्रधानमन्त्री स्वतः पदमुक्त हुनुहुन्छ । त्यसपछि प्रधानमन्त्रीको निर्वाचन संसद्को नियमावलीअनुसार हुन्छ, त्यहाँ स्पष्ट व्यवस्था छ । यसका लागि सभामुखले पहल थाल्नुपर्छ ।'

संसद्ले नै अविश्वास गरिसकेपछि एकमिनेट पनि पदमा बसिरहेने अधिकार नरहेको बताउँदै भने, 'संसद्भन्दा माथि कोही छैन । कोही छ भन्ने भ्रम छ भन्ने त्यो गलत हो । उहालाई संसद्ले प्रधानमन्त्री बनाएको हो, अरु कसैले होइन । अब संसद्ले नै प्रधानमन्त्री होइन भनेपछि पदमा कसरी बस्ने ? त्यो कल्पना पनि गर्नुहुँदैन ।'

उनले जवाफसँगै प्रधानमन्त्रीबाट निकास आउने विश्वास व्यक्त गर्दै भने, 'ढिलो त भइसक्यो । अझै पनि प्रधानमन्त्रीले जवाफ दिने क्रममा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ।'


उनले आफै बनाएको संविधानको अपव्याख्या गरेर हुँदै नभएको संवैधानिक जटिलता र विवाद खडा गर्न खोजिएको बताउँदै सिटौलाले भने, 'यसरी गलत व्याख्या गर्न थाल्यौं भने हामी नसोचेको संकटमा फस्न सक्छौं ।'

अविश्वासको प्रस्ताव पेस भएपछि अल्पमतमा परेका प्रधानमन्त्रीले राजीनामा नदिएर गल्ती गरेको बताउँदै उनले भने, 'अविश्वासको प्रस्ताव आएपछि संविधानका धाराउपधारा हेरेर वा वकिल बोलाएर सल्लाह गर्ने होइन । त्यतिबेलै खुरक्क राजीनामा दिनुपथ्र्यो । उहाँको नैतिक हैसियत धेरै माथि हुन्थ्यो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.