मुलुक अन्त्यहीन अस्थिरतातर्फ मोडिन सक्ने खतरा : ओली
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले संसद्को बैठकमा सम्बोधन गरिरहेका छन् ।
ओलीले आफूविरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिन निकै गम्भीर मुद्रामा प्रस्तुत भएका ओलीले सुरुमै भने, 'प्रक्रियातगत रुपमा अविश्वास प्रस्ताव मेराका लागि सामान्य र स्वभाविक कुरा हो । समय र परिस्थितिका लागि यो कति सामान्य र स्वभाविक हो ? दुनियाँलाई थाहा छ, मैले भनिरहनुपर्दैन । उनले भने, 'कपडा काट्नुभन्दा पहिले दसपटक नाप्नुपर्छ । कैची चलाइसकेपछि पछुतो नहोस् ।
उनले दलहरुबीचको सत्ता स्वार्थको खेल र संकीर्ण स्वभावले मुलुक अस्थिरतातर्फ मोडिनसक्ने चिन्ता व्यक्त गर्दै भने, संविधानको विरुवा कलिलै छ । धमिलो पानीमा माछा मार्ने अहिले जुन खालको चलखेल भइरहेको छ, त्यो स्वभाविक छैन । यसले मुलुकलाई अन्त्यहीन अस्थिरतातर्फ धकेलिने खतरातर्फ म गम्भीर भएको छु ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा दिएको जवाफ
मेराविरुद्ध प्रस्तुत भएको अविश्वासको प्रस्ताव र यस बारेमा उठेका विभिन्न प्रश्नको जवाफ दिन व्यवस्थापिका संसद समक्ष उभिएको छु । सरकारको गठन र विघटन र सरकारलाई मत र अविश्वाको प्रस्तावसँगै आवधिक निर्वाचिन जस्ता विषय लोकतान्त्रिक शासन प्रणालीका विशेषता हुन् । संसदीय प्रणालीमा विश्वास नगर्नेहरुले पनि यो लोकतान्त्रिक पद्धतिलाई विश्वास गर्नुभएको छ । लामो समय विरोधका कार्यक्रममा रहनुभएका मित्र पनि यस प्रक्रियामा सहभागी हुननुभएको छ ।
सरकारको जय वा पराजय ठूलो कुरा होइन संविधान र लोकतन्त्रले सफलताले हासिल गर्नु महत्वपूर्ण कुरा हो । भिन्न प्रयोगका लागि भए पनि संविधानको सर्वस्वीकार्यका लागि मान्य सदस्यले पुष्टि गरिदिनुभएकोमा सबैलाई धन्यवाद दिन चहान्छु । सबै कदम स्वरुपमा लोकतान्त्रिक नै हुन् । स्वरुपले उद्देश्यलाई बोक्छ नै भन्न सकिदैन । त्यसले परिणामले ल्याउने कुरा गर्छ ।
संसदलाई सरकार गठन र विघटनको निर्णयक थलो बनाउनुपर्छ । जनताको नियका अरु कसैसँग होइन जनताका प्रतिनिधिसँग उत्तरदायी हुनुपर्छ । मेरा लागि अविश्वासको प्रस्ताव सामान्य र स्वभाविक कुरा हो । तर, परिस्थितिका हिसाबले लोकका लागि सबैलाई थाहा छ कति स्वभाविक हो । म यसमा धेरै जान चाहन्न ।
एउटा भनाइ छ कपडा काट्नु भन्दा पहिला दस पल्ट सोच्नु आवश्यक छ । ताकि कैची चलाएपछि पछुतो नहोस् । सात दशकको अभ्यास र दुई संविधानसभाबाट संविधान निर्माण गरेका छौँ । सिंविधानको विरुवा कलिलै छ । नेपाललाई राजनीतिक स्थायित्व र दिगो शान्तिलाई निर्णायक नबनाई खुशी बनाउने तत्व सक्रिय छ ।
धमिलिएको पानीमा माछा मार्ने प्रवृत्ति सलबलाइरहेको छ । यस्तो अवस्थामा संकीर्ण स्वाार्थका निमित चालिएका कदम दुरगामी असर पर्ने र मुलुक अस्थिरता तर्फ धकेलिने कुरामा म गम्भीर छु ।
२०५२ साल अहिले भन्दा २१ वर्ष अगाडि वर्षा याम थियो । मोनमोहनजीले नेतृत्व गरेको सरकारलाई अपदस्त गर्ने चक्र बनेको थियो । हेलिकोप्टर दुर्घटनामा पाँच हजार फिट माथिबाट खसेर मृत्युँग लडाई गरिरहेका प्रधानमन्त्रीलाई संसदमा बोल्ने मोका पनि दिइएको थिएन । त्यो सरकारको गल्ती बुढाबुढीका मुखमा मुस्कान ल्याउनु थियो । सुकुम्बासीको सपना छाप्रो थियो त्यसलाई छाप्रो दिने सपना थियो ।
दमन नगरीकन पनि शासन र शान्ति कायम हुन्छ भन्ने व्यवस्था थियो । त्यसैबेला सरकारलाई हटाइएको थियो । आज मैले धेरै भन्नु पर्दैन । महाभारतमा खास परिस्थितमा चक्रब्यूहु चक्र थियो । बभिमन्युको छोरालाई आक्रमण गरियो । त्यो दुवापरयुगको कुरा हो । त्यो कलिलो थियो । तर, आजको अभिमन्यु कलिलो छैन र दुवापरयुग पनि होइन । अहिले पनि साथीको भरपरदो साथ छुटेको छैन । सहयोगी साथीको साथ कायम छ ।
मनमोहनलाई हटाउनु संवैधानिक अपव्याख्या
मनमोहनलाई संवैधानिक अपव्याख्या गरेर हटाइएको ओलीको दाबी छ । त्यसपछि देशले कति मूल्य चुकाउनु पर्यो त्यो मैले भनिराख्नु पर्दैन । त्यो घटनाले जनताबाट राजनीतिको निर्णय हुने कुरालाई पर धकेलिदियो । देशलाई युद्धको भुमरीतर्फ तकेलिदियो । अहिले पनि हिंसा र प्रतिहिंसाका पात्र सायद संसदको अघिल्लो लहरमा हुनुहुन्छ ।
प्रतिकुल अवस्थामा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको थिए। तराई मधेस ठप्प भएको दुई महिना बितेको थियो । संविधान जलाउने काम भइराखेको थियो । आन्दोलनका नाममा र नियन्त्रणका नाममा ४५ जना नागरिकको ज्यान गएको थियो। तीन हप्तादेखि नाकाबन्दी थियो । सवारी साधनमा इन्धन थिएन । चार्ड पर्वमा जनताका घरमा चुह्लो बल्ने अवस्था थिएन । खाद्यान्न र औषधिको समेत अभाव थियो।
नेपाल भारत सम्बन्ध जटिल अवस्थामा थियो । भूकम्पपीडितका नाममा कुनै काम नभएको अवस्था थियो । आगो बलेको देशमा धुलो उडेको देशमा, पीडाले भरिएको देशमा, अभावले भरिएको देशमा समस्या समाधानको जिम्मेवारी लिएको थिए । तर, ति सबै प्रतिकुलतालाई सामना गर्दै जब सामान्य अवस्थामा फर्काउने सफलता प्राप्त भयो मुलुकले नयाँ गति लियो तब गठबन्धनभित्रबाटै समस्या निम्त्याउने काम भयो ।
वैशाखमा अचानक सरकार परिवर्तनका रहस्यमय खेल भए। अस्ति अचानक आक्रमणलाई एउटा विशेषण दिइएको थियो। सरकारमाथि पनि एउटा सडेन एटेक भएको थियो । राष्ट्रपतिको प्रस्तावित भारत भ्रमणको पूर्वसन्ध्यामा र सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेलामा सरकार परिवर्तनको प्रस्ताव लिएर गठबन्धनका प्रमुख आउनुभयो। मेरा निम्ति त्यो आपत्तिजनक थियो । किनभने हामीसँग १४ बुँदे सहमति थियो । विभिन्न कुरामा हामीले व्यवस्थापन गरेका थियौँ । दलहरु आफ्ना बारेमा निर्णय लिन सक्षम छन् तर सहकार्य भएको बेला सहमतिलाई सम्झनु पर्छ ।
दलहरुबीच छिर्के दाउ पर्खनु हुँदैन । सकेसम्म यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने प्रस्ताव अनुचित थियो । हामीले ९ बुँदे सहमतिबाट तत्कालिक निकास खोज्यौँ तर साथीहरुको उद्देश्य अर्के रहेछ ।
यत्तिबेला संविधान कार्यान्वयन राष्ट्रिय स्वाभिमान र समृद्धिको बाटोमा मुलुकलाई अगुवाई गरिराखेको यस सरकारको बाटोलाई ९ महिनामै छेकिएको छ । यो के का लागि भयो ?
अनेकौ प्रतिकुलतालाई चिर्दै गत वर्ष हामीले संविधान निर्माण गरेर घोषणा गर्यौ । संविधान कार्यान्वयनमा पनि दलका बीचमा सहमति आवश्यक थियो । हामीले संक्रमण कालका थुप्रै काम गर्न बाँकी छ । कानुन निर्माण गर्न बाँकी छ । धेरै काम बाँकी छन् ।
अविश्वासको प्रस्ताव प्रस्तुत गर्दै गर्दा र बहस गर्दै गर्दा हामी कहाँ छौँ भन्ने कुरा बिर्सिएको आवास हुन्थ्यो । हामीले संविधान निर्माणका निम्ति सहमतिको वातावरण निर्माण गरेका थियौँ । सहमतिका कुरा सबैलाई थाहा छ त्यो म भन्न चाहन्न । संविधान बनेपछि सरकार परिवर्तन हुने अवस्थामा आइपुग्दा जनताको चाहना, मुलुकको आवश्यकता जस्ता कुरा र पूर्वसहमतिलाई वेवास्था गर्दै एकतालाई तोड्ने काम भएको छ ।
तोड्ने उद्देश्य फरक छन् तर त्यसलाई अर्के बर्को ओढाइयो । कांग्रेस सहमति बाट अलग भएपछि एमाले र माओवादीबीच सहकार्यको आधार १४ बुँदे सहमति थियो । संविधानको कार्यन्वयन, पुननिर्माण, आर्थिक समृद्धि उक्त सहकार्यको मुख्य उद्देश्य थियो । शान्ति प्रक्रियाका कुरा पूरा गर्ने राष्ट्रपति, उपराष्ट्रपति लगायका विषयमा सम्मानजनक बाँडफाड भएको थियो । धेरै महत्वपूर्ण मन्त्रालय माओवादीलाई जिम्मा दिइएको थियो । ति सबै कुरा कही कतै ९ महिनाका लागि थिए ? बीचमा सरकार परिवर्तनका लाथि थिए ? यो भाषणको विषय होइन ।