ओलीको राजीनामापछि अविश्वास प्रस्ताव स्थगित

ओलीको राजीनामापछि अविश्वास प्रस्ताव स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनाको घोषणा गरेपछि व्यवस्थापिका संसदको बैठक अविश्वास प्रस्तावको प्रकिया स्थगित भएको छ।

राजीनामाको घोषणापछि १५ मिनेटका लागि स्थगित बैठक पाँच मिनेट बसेर सकिएको छ। अर्को बैठक साउन ११ गते बस्ने छ। प्रधानमन्त्रीको जवाफपछि अविश्वास प्रस्तावउपर मतदान गर्ने कार्यक्रम भए पनि ओलीले राजिनामा दिएपछि त्यसको औचित्य सकिएकोले त्यसबारेमा परामर्श गर्न बैठक स्थगित गरिएको हो।

सभामुखको कार्यकक्षमा छोटो परामर्शपछि सुरु भएको बैठकमा राष्ट्रपति कार्यलयबाट प्राप्त ओलीले राजिनामासम्बन्धी पत्र पढेर सुनाइएको थियो। अब राष्ट्रपतिको आव्हानअनुसार नै नयाँ सरकार गठनको प्रकिया अघि बढ्ने भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.