यस्तो छ ओली सम्बोधनको पूर्णपाठ
प्रधानमन्त्री केपी ओलीले संविधान कार्यान्वयन हुन नदिएर मुलुकलाई एउटा भयानक संकटमा फसाउने डिजाइनअनुसार आफूविरुद्धको अविश्वास प्रस्ताव आएको बताएका छन् ।
ओलीले भने, साथीहरुलाई लागेको होला कसैलाई प्रधानमन्त्री बनाउन र मलाई गिराउन मात्रै यो प्रस्ताव ल्याइएको हो । त्यो बुझाइ गलत छ । संविधान कार्यान्वयन हुन नदिएर मुलुकलाई एउटा भयानक संकटमा फसाउने डिजाइनअनुसार आएको हो । यसको परिणाम पछि थाहा हुनेछ ।'
नैतिकताबिनाको राजनीतिक एउटा पाप भएको टिप्पणी गर्दै भने, 'हो राजनीति संभावनाको खेल हो । यसका पनि निश्चित मर्यादा र सिमा हुन्छन् । त्यसको पालना हुनुपर्छ । तर जब राजनीतिमा सिमा र मर्यादा उलंघन हुन्छन्, अनि यो फोहरी खेल हुन्छ । गान्धीले भनेका थिए, नैतिकताबिनाको राजीनिति एउटा पाप हो ।'
राजनीतिलाई फोहरी बनाउने खेल खराब खेलाडीहरुले गरेको आरोप लगाउँदै भने, 'बागमति आफै प्रदुषित हुँदैन । अरुले प्रदुषित गरेको हो । राजनीतिलाई हामीले प्रदुषित गरेका छौं । हामीले यसलाई फोहरी बनाएका छौं । कतै म्याच फिक्सिङ, कतै ड्रपिङ भएपछि यो फोहरी हुँदैन । राजनीतिलाई दाउपेच र निजी स्वार्थको खेल बनाएपछि यो अवसरवाद मात्रै हुन्छ ।'
ओलीले भने, 'नौ महिनाका हामीले केके गर्यौं, किताबजस्तै छर्लङ छ । मधेसमा आगो बलेको थियो, आज साम्य भएको छ । आज मधेसवादी दलहरु संसद्मा आएका छन् । मेराविरुद्ध भोट दिन भए पनि कम्तीमा तपाईहरु संसद्मा आउनु भएको छ। मलाई खुसी छ । जसको विरुद्ध भोट दिन भए पनि तपाईहरु आउनुस्, प्रक्रियामा सहभागी हुनुस्।'
उनले भने, 'नाकाबन्दीका कारण सिंगो मुलुकले दुःख पायो तर त्यसलाई राजनीतिक तथा कुटनीतिक पहल गरेर हटाइयो ।ओलीले आफ्नो सरकारले जनता र मुलुकको हितमा धेरै काम गरेकाले नै यति चाँडो अविश्वास प्रस्ताव आएको बताए । उनले भने, नौ महिनामा जुन सन्धि सम्झौता जे भएका छन् , ती ऐतिहासिक छन् ।'
ओलीले आफूलाई राजावादी बन्दै गएको प्रचण्डले लगाएको आरोपप्रति संकेत गर्दै सोधे, 'राजतन्त्रविरुद्ध म संघर्ष गर्दा साथीहरु कता हुनुहुन्थ्यो ? क्रान्तिमा होमिएर म जेल पर्दा साथीहरु कापीकलम बोकेर कुन स्कूलमा कुदिरहनु भएको थियो ?
ओलीले संसदमा गरेको लिखित सम्बोधनको पूर्णपाठ