भारतले तीन चिनियाँ पत्रकारको भिसा समय थपेन

भारतले तीन चिनियाँ पत्रकारको भिसा समय थपेन

नयाँदिल्लीः भारत सरकारले ३ जना चिनियाँ पत्रकारको प्रवेशाज्ञा (भिसा) समय बढाउन अस्वीकार गरेको छ ।

उनीहरू चिनियाँ सरकारी संवाद समिति सिन्ह्वाका तर्फबाट भारतमा बसी रिपोर्टिङ गर्दै आएका थिए । उनीहरूमध्ये सिन्ह्वाका दिल्ली ब्युरो प्रमुख वु कियाङ र मुम्बईबाट रिपोर्टिङ गर्दै आएका ताङ लू तथा मा कियाङ छन् । उनीहरूले पत्रकारिताका नाममा अवाञ्छित काम गर्ने गरेको बताइएको छ ।

उनीहरूका गतिविधिमाथि भारतीय सुरक्षा संस्थाले उनीहरूमाथि निगरानी गर्दै आएको बताइएको छ । उनीहरू तीनैजनाको प्रवेशाज्ञा जनवरीमा नै सकिएको थियो ।

पटक पटक गरी बढाइएको प्रवेशाज्ञा ३१ जुलाईमा सकिएको थियो । त्यसपछि भने भारत सरकारले उनीहरूको प्रवेशाज्ञा बढाउन मानेन । चीन सरकारले उनीहरूको साटो अरू पत्रकार पठाउन तयार भएको जानकारी दिएको छ ।

यसको भारतको एनएसजी (परमाणु आपूर्तिकर्ता समूह) सदस्यतामा चीनले गरेको विरोधसँग कुनै सम्बन्ध नभएको चिनियाँ सरकारले स्पष्ट पारेको छ ।

यस विषयलाई लिएर यी दुई देशबीच तनाव बढ्न सक्ने आशंका गरिएका छन् । एनएसजीसँग यसको सम्बन्ध नभएको बताइए पनि चीनले भारतलाई उक्त समूहको सदस्यता नदिन विशेष सक्रिय भएको थियो । अमेरिका, फ्रान्स लगायतका देशले यस समूहका लागि समर्थन गर्दै आएका थिए ।

       


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.