सरकार गठनबारे राष्ट्रपतिबाट शीर्ष नेताहरुसँग परामर्श

सरकार गठनबारे राष्ट्रपतिबाट शीर्ष नेताहरुसँग परामर्श

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन प्रकियाबारे शीर्ष नेताहरुसँग परामर्श गरेकी छिन्।

नयाँ राजनीतिक घटनाक्रम र सरकार गठनबारे परामर्श गर्न उनले साढे तीन बजे तीन प्रमुख दलका शीर्ष नेताहरुलाई शीतलनिवास बोलाएकी छन्। कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्रं)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परामर्शका लागि शीतलनिवास पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठन प्रकिया थाल्नुअघि उनले दलहरुसँग परामर्श गर्न लागेकी हुन्। राष्ट्रपति सरकार गठनको प्रकिया सकेसम्म छोटो र सहज बनाउने तयार रहेकोले सहमतीय सरकारका लागि सात दिन समय दिनुपर्ने प्रावधान भए पनि यसलाई घटाउने तयारी भइरहेको छ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदले सिफारिस गरेको बाधा अड्काउ आदेश सोमबार जारी गरिसकेकी छिन्। यो आदेश जारी भएपछि सरकार गठन सहज भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.