प्रधानमन्त्री ओलीको राजीनामापछि भारतमा खुसी मनाइयो

प्रधानमन्त्री ओलीको राजीनामापछि भारतमा खुसी मनाइयो

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि भारतमा खुसीयाली छाएको छ । भारतका  सञ्चार माध्यमले केपी ओलीले राजीनामा दिनु भारतका लागि राम्रो समाचार भएको उल्लेख गरेका छन् ।

कतिपय भारतका सञ्चारमाध्यमले ओलीले राजीनामा दिनु भारतको जित भएको समेत बताएका छन् । एनडीटीभी डट कममा प्रधानमन्त्री ओलीको राजीनामालाई भारतीय नीतिको प्रमाणका रुपमा चर्चा गरिएको छ।

भारतका सञ्चार माध्ययमले प्रधानमन्त्री ओली चीनतर्फ निकट हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका सुरक्षा सल्लाहकार अजित डोभलको आलोचना भइराखेकाबेला आएको ओलीको राजीनामाले भारतलाई खुशी मिलेको उल्लेख गरेका छन् ।

‘नेपालका मधेसी समुदायका तर्फबाट भारतले ओलीमाथि हस्तक्षेप गर्यो र उनी राजीनामा दिन बाध्य भए,’ एनडीटीभी डट कममा लेखिएको छ ।

त्यस्तै, टाइम्स अफ इन्डियाले ओलीको पतन भारतका लागि खुसी शीर्षकमा समाचार प्राथमिकतासाथ छापेको छ । ‘ओलीले नेपाललाई भारतविरोधी राज्य बनाउन खोजेका थिए, जुन सफल भएन र उनी विदा भएका छन्,’ समाचारमा लेखिएको छ ।

हिन्दुस्तान दैनिकले ओलीको बहिर्गमनसँगै नेपालको राजनीतिमा भारतको प्रभाव बढ्ने उल्लेख गरेको छ । ओलीको बहिर्गमन भारतका लागि खुसी भन्दै अब  नेपालको राजनीतिमा भारतको पुनरागमनको संकेत गरेको छ ।

‘नेपालको एकताको बातावरण बन्ने छ र माइक्रो मेनेजमेन्छ गर्ने चीनको प्रयास असफल भएको छ’, हिन्दूस्तान दैनिकले लेखेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.