राष्ट्रपतिबाट सरकार गठनका लागि दलहरुलाई आव्हान

राष्ट्रपतिबाट सरकार गठनका लागि दलहरुलाई आव्हान

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि सोमबार दलहरुलाई आव्हान गरेकी छिन्।

राष्ट्रपतिले पहिलो चरणमा नेपालको संविधानको धारा २९८ अनुसार सहमतीय सरकार गठनका लागि सातको म्याद दिएर दलहरुलाई आव्हान गरेकी हुन्। सहमतीय सरकारको प्रयास असफल भएपछि दोस्रो चरणमा बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिबाट आव्हान हुनेछ।

राष्ट्रपतिले शीर्ष नेताहरुसँग परामर्श गरेपछि सोमबारदेखि नै सरकार गठनको प्रकिया प्रारम्भ गरेकी हुन्।

नयाँ राजनीतिक घटनाक्रम र सरकार गठनबारे परामर्श गर्न उनले साढे तीन बजे तीन प्रमुख दलका शीर्ष नेताहरुलाई शीतलनिवास बोलाएकी थिइन्। पाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्रं)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परामर्शका लागि शीतलनिवास पुगेका थिए।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदले सिफारिस गरेको बाधा अड्काउ आदेश सोमबार जारी गरिसकेकी छिन्। यो आदेश जारी भएपछि सरकार गठन सहज भएको छ।

राष्ट्रपति कार्यलयबाट जारी विज्ञप्ती 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.