संसद्मा बाधा अड्काउ फुकाऊ आदेशमाथि छलफल
काठमाडौं : व्यवस्थापिका संसद्को मंगलबारको बैठकले राष्ट्रपतिले जारी गरेको बाधा अड्काउ फुकाउने आदेशलाई अनुमोदन गर्दैछ ।
मंगलबार बिहान साढे ११ बजे सुरु भएको बैठकमा बाधा अड्काउ फुकाउ आदेशमाथि छलफल भइरहेको छ । सामान्य छलफलपछि यो अनुमोदन हुने छ । बैठकमा कानुनमन्त्री अग्नी खरेलले छलफलका लागि आदेश पेस गरेका थिए ।
केपी ओली नेतृत्वको सरकारले नयाँ सरकार निर्माण तथा प्रधानमन्त्री निर्वाचनका लागि प्रक्रियालाई सहज गर्नभन्दै संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउने आदेश जारी गर्न सिफारिस गरेको थियो । सोमबार राष्ट्रपतिबाट उक्त आदेश जारी गरिएको थियो । संसद्ले अनुमोदन गरेपछि यो आदेशले वैधानिकता पाउने छ।
तर विपक्षी कांग्रेस तथा माओवादीका सांसदहरुले पनि यो आदेश खासै आवश्यक नरहेको तर्क राखेका छन् । राष्ट्रपतिको सम्मानका लागि मान अनुमोदन गर्नुपर्ने उनीहरुको भनाइ छ।