दाजुले नै भाइको अपहरण गराएपछि...
राजविराजः घरछेउकै चउरमा खेलिरहेका आठ वर्षीय बालक गत बिहीबार घर आएनन् । सधै झै घरमा पर्खेर बसेकी आमा र पाँच दिदीबहिनी सिकेन्द्र कुमार दास नआएपछि अत्तालिए । गाउँभरी यता उता खोजे, भेटिएनन् । आफन्तकहाँ पुगे की भनेर खोजतलाश गरे तर पाएनन् । साथी, इष्टमित्र, नातागोता आफन्तकोमा बुझे तर केहि पत्ता लागेन् ।
शुक्रबार बिहान १० बजे सिकेन्द्रका ठूलोबुवा झबर दासकोे मोबाइलमा नम्बरबाट एक किशोरले ‘सिकेन्द्र जिउँदो चाहिए’ १५ लाख फिरौती रकमको माग गरे । अत्तालिएका झबरको मोबाइलबाट लगत्तै प्रहरीमा जानकारी गयो । प्रहरीले उक्त मोबाइलको लोकेशन हे¥यो र पछ्यायो । हेर्दा त सप्तरीकै मौवाहातिर पो देखियो ।
सादा पोशाकका प्रहरीले सम्भावित मोबाइल प्रयोगकर्तामाथि निगरानी गर्न थाल्यो । सम्भावित र शंकास्पद इलाकामा प्रहरी परिचालित भएपछि कोदरकट्टी गाविसबाट प्रहरीले अपहरणकारीलाई पक्राउ ग¥यो भने अपहरित बालकको सकुशल उद्दार गर्यो ।
सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गर्दामात्र थाहा भयो, यो अपहरण उनकै ठूलोबुवा झबरका छोरा जितेन्द्र दासले गरेका रहेछन् ।
जितेन्द्र र सिकेन्द्र दाजुभाइका छोराहरु हुन् ।
पाँच दिदीबहिनीमा एक्ला भाई सिकेन्द्रका बुवा गंगा दास रोजगारीका लागि सउदी अरब गएको चार वर्ष भयो । वैदेशिक रोजगारमा गएका गंगाले एकमात्र छोराका लागि सजिलै फिरौती दिन्छन र सजिलै कमाई पनि हुन्छ भनेर आपसमा मिलेमतो गरी जितेन्द्रले नै भाईलाई फकाइ कोदरकट्टी पु¥याएर बिहीबार दिलिप दास र अरविन्द दासको जिम्मा लगाएर घर फर्केका थिए ।
जितेन्द्रले पैसाका लागि अपहरण गराउँछ भन्ने दस मनमा एकमन पनि सोचेको थिइन,’ मंगलबार प्रहरीले अपहरणमुक्त गराएका बालकका आमा आशादेवी दासले भनिन्, ‘उसैले अपहरणको तारतम्य मिलाएको कुरा बालक मुक्त भएपछि मात्र थाहा पाएँ ।’
कोदरकट्टीबाट दिलिपले बालकलाई स.४प ३९३३ नम्बरको मोटरसाइकलमा राखी दक्षिणतर्फ हुईंक्याए । भारत बिहारको लौकाहा हुँदै खुटौना अगाडि जटही पु¥याइएका बालकलाई भाग्न–उम्कन नदिन मोटरसाइकल पछाडि बसेका थिए अरबिन्द ।
सिनेमाको प्रभावमा सजिलै लखपति बन्ने महात्वाकाँक्षाले उनीहरुले नजिकैको मानिसलाई अपहरण गरेका हुन् । सजिलो गरी धनी बन्न अपहरण गरेको स्वीकार गर्दै दिलिपले भने–‘नेपाल र भारतको प्रहरी टोली व्यापक रुपमा परिचालन भएपछि डरले बालकलाई घर फकाई दिने सोंचमा नेपाल प्रवेश गरेलगत्तै कोदरकट्टीमा प्रहरीले पक्राउ गरेको हो ।’ पक्राउ परेकाहरुलाई अपहरण तथा शरिर बन्धक मुद्दाअन्तर्गत कारबाही अघि बढाइएको प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए ।
आमासँग घर पठाइएका सिकेन्द्र सकुशल घर फर्केपछि परिवारमा खुशीयाली छाएको छ । त्रसित भई कमजोर मानसिक अवस्थामा रहेका उनी के–के भो भन्ने कुरा निकैबेर सम्झेर भन्ने र बीचमै विर्सने गर्छन् । तीन दिनदेखिको मानसिक तनावबाट परिवारका सदस्यलाई केही मुक्ति मिलेको उनका आमा आशादेवी बताउँछिन् । प्रहरीले छोरालाई सकुशल फर्काइदिएकोमा आभार व्यक्त गर्दै उनले भनिन्–‘सकुशल छुटाइदिएर सुरक्षाको प्रत्याभूति गराएकोमा प्रहरीलाई धन्यबाद छ ।’
सिनेमाको प्रभावमा सजिलै लखपति बन्ने महात्वाकाँक्षाले उनीहरुले नजिकैको मानिसलाई अपहरण गरेका हुन् । सजिलो गरी धनी बन्न अपहरण गरेको स्वीकार गर्दै दिलिपले भने–‘नेपाल र भारतको प्रहरी टोली व्यापक रुपमा परिचालन भएपछि डरले बालकलाई घर फकाई दिने सोंचमा नेपाल प्रवेश गरेलगत्तै कोदरकट्टीमा प्रहरीले पक्राउ गरेको हो ।’ पक्राउ परेकाहरुलाई अपहरण तथा शरिर बन्धक मुद्दाअन्तर्गत कारबाही अघि बढाइएको प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए ।
आमासँग घर पठाइएका सिकेन्द्र सकुशल घर फर्केपछि परिवारमा खुशीयाली छाएको छ । त्रसित भई कमजोर मानसिक अवस्थामा रहेका उनी के–के भो भन्ने कुरा निकैबेर सम्झेर भन्ने र बीचमै विर्सने गर्छन् ।
तीन दिनदेखिको मानसिक तनावबाट परिवारका सदस्यलाई केही मुक्ति मिलेको उनका आमा आशादेवी बताउँछिन् । प्रहरीले छोरालाई सकुशल फर्काइदिएकोमा आभार व्यक्त गर्दै उनले भनिन्–‘सकुशल छुटाइदिएर सुरक्षाको प्रत्याभूति गराएकोमा प्रहरीलाई धन्यबाद छ ।’