बाबुरामले ट्वीटरबाट ‘लालध्वज’ हटाए
काठमाडौँः पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्वीटरबाट युद्धकालिन नाम ‘लालध्वज’ हटाएका छन्।
बाबुरामले नेकपा माओवादीको नेतृत्वमा रहेर १० वर्षको सशस्त्र द्वन्द्वको समयमा राखेको उपनाम ‘लालध्वज’ सोमबारबाट हटाएका हुन् ।
गत वर्ष संविधान जारी भए लगत्तै तत्कालिन एकीकृत माओवादी पार्टी परित्याग गरेका भट्टराईले पार्टी सँगै सांसद् पदबाट समेत राजीनामा दिएका थिए ।
माओवादीबाट अलग भएर नयाँ शक्ति निर्माण अभियानमा सक्रिय रहेका भट्टराईले भर्खरै नयाँ शक्ति नेपाल पार्टी घोषणा गरेका छन् ।
नयाँ शक्तिका संयोजक रहेका भट्टराईले सबैलाई मिलाएर नयाँ खालको पार्टी निर्माण गर्नुपर्ने बताउदै आएका छन् ।
बाबुरामले ट्वीटरमा नाम परिवर्तन भएको आफ्नै ट्वीटमार्फत जानकारी गराएका छन् ।
ध्यानाकर्षण!!आजदेखि मेरो ट्विटर ह्याण्डल @brb_laaldhwojको सट्टा @brb1954 भएकोछ है!My Twitter Handle changed from @brb_laaldhwoj to @brb1954
— Baburam Bhattarai (@brb1954) July 25, 2016
सामाजिक सञ्जालमा सक्रिय हुने नेता मध्येका एक बाबुरामलाई ट्वीटरमा ७४ हजार चार सयले फलो गरेका छन् भने यो समाचार तयार पार्दासम्म भट्टराईले तीन हजार आठ सय ९ ट्वीटर गरेका छन् ।