बाधा अड्काउ फुकाउ आदेश संसदबाट पारित

बाधा अड्काउ फुकाउ आदेश संसदबाट पारित

काठमाडौँः व्यवस्थापिका संसदले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको बाधा अड्काउ फुकाउ आदेश बहुमतले पारित भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रष्ट व्यवस्था नभएको भन्दै मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउका लागि राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको थियो ।

सरकारको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले सोमबार बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी थिइन् । मंगलबार संसदमा पेश भएको बाधा अड्काउ फुकाउ आदेशमाथि छलफलपछि संसदले अनुमोदन गरेको हो ।

बाधा अड्काउ फुकाउ आदेशमाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री अग्नी खरेलले दिएपछि उक्त आदेश निर्णायार्थ संसदमा पेश भएको थियो । जवाफ दिने क्रममा कानुनमन्त्री खरेलले सरकार गठनमा देखिएको अन्यौलता चिर्न सरकारले बाधा अड्काउ फुकाउको सिफारिस गरेको प्रष्ट पारे ।
कांग्रेस सांसदले उक्त आदेश आवश्यक नभएको भए पनि आलोचनात्मक समर्थन गर्दै आदेशको पक्षमा मतदान गरे ।  

कानुनमन्त्रीले जवाफ दिएलगत्तै संसदमा पेश भएको बाधा अडकाउ फुकाउ आदेश संसदका बहुमत सदस्यले पारित गरेका हुन् । यो आदेश संसदबाट अनुमोदन भए सँगै नयाँ सरकार गठनको बाटो खुलेको छ ।

पारित हुनु अघि संसदमा आदेशको पक्ष र विपक्षमा सांसदहरुले आफ्आफ्ना धारणा राखेका थिए । आदेश पारित भए सँगै व्यवस्थापिका संसदको बैठक साउन १७ गतेसम्मका लागि स्थगित भएको सभामुख ओनसरी घर्तीमगरले जानकारी गराएकी छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.