बस यात्रामा बुनेको कथा

बस यात्रामा बुनेको कथा

धेरै समयपछि चलचित्रमा फर्कनुभयो कस्तो लागेको छ ?       
नयाँ पुस्तासँग काम गर्ने, केही सिक्ने, केही सिकाउने अवसर पाएँ । खुसी छु ।

चलचित्र म त तिम्रै हुँको फिडब्याक ?       
दर्शकको फिडब्याकबाट म उत्साहित छु । पानीझरी, बन्दका बाबजुद पनि हलमा दर्शक पुगेकै छन् ।

दर्शकले चलचित्रको कुन पक्ष मन पराए ?
समग्रमा चलचित्रको सबै पक्ष मन पराएका छन् । खासगरी चलचित्रको ‘सेन्टिमेन्ट’ले सबैलाई छोएको छ । चलचित्र हेरेर निस्कँदा सबैको आँखा रसाएको हुन्छ ।

अहिले त रोनाधोना चलचित्रको समय छैन नि ?       
म त तिम्रै हुँ त्यो खाले चलचित्र होइन । चलचित्र हेर्दा दर्शक हाँस्छन्, रमाउँछन् अनि चलचित्रको कथाभावमा डुबेपछि भावुक हुन्छन् ।

चलचित्रमा अनमोललाई अभिनय नगराउनुको कारण ?
चलचित्रको स्क्रिप्टले नै नयाँ कलाकार खोजेको छ । कथामा म्याच नहुने भएपछि खेलाउने कुरा पनि भएन । तर अनमोलसँग सल्लाह गरेरै हामीले नयाँ कलाकार छानेका हौं ।

निर्मात्री बन्दाको अनुभव ?       
यसअघि पनि मैले काजल फिल्मस्को ब्यानरबाट संयुक्त रूपमा धेरै चलचित्र बनाएकी छु । तर म त तिम्रै हुँ चाहिँ एकल चलचित्र हो । चलचित्र बनाउन सजिलो छैन । धेरै दुःख गर्नुपर्छ तर अहिले दर्शकबाट पाएको फिड्ब्याकले ती सबै दुःखहरू सुखमा बदलिएको छ ।

चलचित्रको खास दर्शक ?       
यो पारिवारिक चलचित्र हो । यसमा अनावश्यक र अपत्यारिता स्टन्ड केही छैन । सपरिवार बसेर मनोरञ्जन लिने चलचित्र बनेको छ ।

कहिलेदेखि यो चलचित्रको कथा सोच्नुभएको हो ?
यो धेरै सोचेर बनाइएको कथा होइन । एकपटक इलामको पशुपतिनगरबाट बसमा काठमाडौं आउँदा मनमा आएको भावना हो । त्यसलाई बुन्दै जाँदा यो रूप लिएको हो ।

धेरै चलचित्रमा तपाईंको कथा छ, कसरी आउँछ ?       
कथा तयार गर्न धेरै घोत्लिनु पर्दैन । काम गर्दै जाँदा भोगेको देखेका कुराले हिट गर्छ । त्यसलाई नै बुनेर लाने हो । मैले अभिनय गरेका सबै चलचित्रमा मेरै कथा छ । करोडपति, नेपाली बाबु, सुपरस्टार, बाबुसाहेब, म तिमी बिना मरिहाल्छु, साथी म तिम्रो आदि मेरै कथामा बनेका चलचित्र हुन् । तँ त सारै बिग्रिस् नि बद्रीमा पनि म र हरिवंश दाइ मिलेर कथा लेखेका हौं ।

कथा बुन्दा यतिको चलचित्र बन्ना भन्ने लागेको थियो ?       
वास्तवमा यो चलचित्र मैले सोचेभन्दा धेरै राम्रो बनेको छ । कथाकारको दिमागमै चलचित्र हुन्छ तर पर्दामा हेर्दा मैले त्योभन्दा राम्रो पाएकी छु ।

चलचित्रमा पहिले र अहिले के फरक पाउनुभयो ?       
पहिले जुनियरले सिनियरलाई साह्रै मान सम्मान गर्थे । हामी पनि सिनियरलाई त्यत्तिकै सम्मान गथ्र्यो । तर नयाँ पुस्तामा त्यो संस्कार मैले देखिनँ । अरू पक्षमा त खासै फरक देखेको छैन ।

रोकेन नाकाबन्दीले

श्रीराम महत, निर्देशक

लामो समयदेखि म्युजिक भिडियो, वृत्तचित्र एवं चलचित्र क्षेत्रमा क्रियाशील श्रीराम महतले चलचित्र म त तिम्रै हुँबाट ठूलो पर्दामा डेब्यु गरेका हुन् । निर्देशक महत यस चलचित्रको प्रारम्भिक फिडब्याकबाट उत्साहित छन् । ‘चलचित्रमा मध्यान्तरसम्म युवापुस्ताले खुब रमाइलो मान्छन् त्यसपछि इमोसनल टच सुरु हुन्छ’, निर्देशक महतले भने, ‘हामीले जस्तो सोचका साथ चलचित्र बनायौं दर्शकमाझ त्यही रूपमा स्थापित भएको छ । दर्शकको फिड्ब्याकबाट म उत्साहित छु ।’

पाँच दर्जनभन्दा बढी म्युजिक भिडियो निर्देशन गरेका उनले निर्देशन गरेको ‘द लिभिङ गडडेस’ वृत्तचित्रले क्यानडामा भएको ‘इम्याजिनेटिभ इन्डिजेनियस फिल्म फेस्टिभल’मा राम्रो प्रभाव छाड्न सफल भएको थियो । त्यसैगरी नेपाली सेनाले आयोजना गर्दै आएको सेनासम्बन्धी वृत्तचित्र प्रतियोगितामा श्रीरामले निर्देशन गरेको ‘कर्तव्य’ले केही वर्षअघि दोस्रो पुरस्कार जितेको थियो । ‘जवाफदेहिता कस्को’ कार्यक्रममार्फत महत निर्देशित एक सयभन्दा बढी वृत्तचित्र विभिन्न टेलिभिजनबाट प्रसारण भइसकेका छन् ।

छायांकनका क्रममा भारतको अघोषित नाकाबन्दीको चपेटा खेप्नु परे पनि तोकेको समयभित्रै छायांकन सम्पन्न गरिएको निर्देशक महतले बताए । ‘राम्रो होमवर्क गरेर फिल्डमा गएकाले यो सम्भव भएको हो’, निर्देशक महतले भने, ‘निर्देशकका रूपमा म टिम क्याप्टेन भए पनि सुस्मिता दिदीले बराबर काँध थापेकाले काम गर्न सजिलो भयो । छायांकन बितेको पत्तै भएन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.