भक्तपुरमा बस दुर्घटना चालकसहित २३ घाइते

भक्तपुरमा बस दुर्घटना चालकसहित २३ घाइते

भक्तपुरः काठमाडौंबाट भक्तपुर हुँदै चाँगुनारायण जाँदै गरेको यात्रु बस मंगलबार दुर्घटना हुँदा चालकसहित २३ जना घाइते भएका छन् ।

चाँगुनारायण–भक्तपुर–काठमाडौँ रत्नपार्क रुटमा चल्ने बा २ ख ६८१७ नम्बरको बस चाँगुनारायण नपा ९ बुढाथोकी गाउँमा सडकबाट डेढसय मिटर तल खसेर दुर्घटना भएको हो ।

महानगरीय प्रहरी प्रभाग चाँगुका प्रहरी सहायक निरीक्षक (असई) प्रभु कार्कीका अनुसार सोमबार राती परेको अविरल वर्षाले लच्किएको बाटो हुँदै अघि बढ्दा बस चिप्लिएर दुर्घटना भएको हो ।

उनले सडकबाट डेढसय मिटर तल खसेको बस रुखमा अल्झिएकाले धेरै मानिसको हताहती हुन नपाएको जानकारी दिए ।

दुर्घटनालगत्तै प्रहरी र स्थानीय वासिन्दाले बसमा सवारको उद्धार गरेका थिए। दुर्घटनामा घाइतेलाई तत्काल उपचारको लागि भक्तपुर अस्पताल पुर्याइएको छ ।

भक्तपुर अस्पताल पुर्याइएकामध्ये गम्भीर घाइते नौजनालाई मध्यपुर थिमीको शंखधर चोकस्थित मध्यपुर अस्पतालमा रिफर गरिएको छ ।

घाइतेमध्ये अधिकांश चाँगुनारायण खोरियास्थित तामांग बस्तीका बढी परेका छन् । बसमा पचासभन्दखा बढी यात्रु सवार रहेको महानगरीय प्रहरी प्रभाग चाँगुले जनाएको छ ।

प्रभागका अनुसार स्थानीय वासिन्दाले वर्षाले बाटो लच्किएकाले खतरा संकेतको रुपमा ढुंगा हालेका थिए । तर बसका चालकले झुक्किएर लच्किएको बाटोतर्फ बस अघि बढाएपछि बाटो भास्सिएर बस सडकबाट पल्टिन पुगेको प्रभागका असई कार्कीले जानकारी दिए । -अपडेट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.