चीनले भन्योः सत्ता परिवर्तनले नेपालसँगको सम्बन्ध परिवर्तन हुँदैन

चीनले भन्योः सत्ता परिवर्तनले नेपालसँगको सम्बन्ध परिवर्तन हुँदैन

काठमाडौँः चीनले नेपालमा हालै भएको सत्ता परिवर्तनका कारण नेपाल—चीन सहकार्यमा कुनै परिवर्तन नआउने बताएको छ ।

प्रधानमन्त्री केपी ओलीको राजीनामाको तीन दिनपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ्ले मंगलबार प्रेस वक्तव्यमा भनेका छन् ‘नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तनबारे जानकार छौँ ।’

लु काङ्ले सत्ता परिवर्तन हुनुलाई घरेलु मामिला भएको उल्लेख गर्दै जुनसुकै सरकार आए पनि नेपाल र चीनको पारपरिक मित्रता कामय रहने उल्लेख गरेका छन् ।

उनले जस्तोसुकै परिस्थितिमा पनि नेपाल र रचीन दुःख र पीडा बाँड्ने मित्र भएको समेत वक्तव्यमा उल्लेख गरेका छन् । सत्ता परिवर्तन हुने अवस्थालाई केन्द्रित गर्दै वक्तव्यमा भनिएको छ, ‘घरेलु मामिला तथा अन्र्तराष्ट्रिय परिस्थितीमा जे जस्तो परिवर्तन आएपनि नेपाल र चीनबीचको पारस्परिक लाभ र मित्रतामा परिवर्तन आउँदैन । नेपाल र चीन दुख र पीडा बाँड्ने मित्र हुन् ।’

नेपालको मित्र तथा छिमेकीका रुपमा चीनले नेपालका सबै दल नेपालको राष्ट्रिय स्वार्थलाई ध्यानमा राख्दै मुलुकको स्थायित्व र विकासका लागि प्रतिबद्ध रहने अपेक्षा लिइएको प्रवक्ता काङ्ले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.