श्रीमती बचाउन जाँदा श्रीमानको पनि ज्यान गयो
बनेपाः करेन्ट लागेकी श्रीमती बचाउन जाँदा श्रीमान्को पनि ज्यान गएको छ । सोमबार राती काभ्रे जैसिथोक गाविस ३ की ५४ वर्षीय सीता काफ्लेलाई बचाउन खोज्दा ५५ वर्षीय श्रीमान् धनपति काफ्लेको पनि करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।
काफ्ले दम्पत्तीको गोठमा ल्याएको लाइनको कालो तारबाट जस्तामा करेन्ट प्रवाह भएको अवस्थामा सीताको साँझ ७ बजे निधन भएको र श्रीमान् खेतबाट आउँदा घरमा कोही नभएपछि गोठमा हेर्न जाँदा श्रीमती लडिरहेको भेटेपछि श्रीमतीलाई उठाउन जाँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डि.एस.पी. नविन राज राईले जानकारी दिए ।
उनका अनुसार काफ्ले दम्पतिको मंगलबार शिरमेमोरियल अस्पतालमा पोष्टमार्टम पछि आफन्तलाई शव बुझाएको प्रहरीले जनाएको छ । भने मृतक दम्पत्तीका २ छोरा र एक छोरी रहेका छन् ।