कांग्रेस र माओवादीबीच चैतसम्म स्थानीय चुनाव गर्ने सहमति

कांग्रेस र माओवादीबीच चैतसम्म स्थानीय चुनाव गर्ने सहमति

काठमाडौँ : कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले चैतसम्म स्थानीय चुनाव गर्ने सहमति गरेका छन्।

दुवै पार्टीका शीर्ष नेतासहित सिंहदरबारमा बुधबार बिहान बसेको संयुक्त बैठकमा यस्तो सहमति भएको हो। स्थानीय निकायको सीमा निर्धारणको विषयलाई छिटो टुंग्याउन कामलाई प्रभावकारी रुपमा अघि बढाउने निर्णय पनि भएको छ। यसबारेमा संसद्‌मा रहेका अन्य दल र पक्षहरुसँग पनि छलफल अघि बढाउने सहमति भएको छ। 

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरालगायत नेताको सहभागिता थियो ।

दुई दलको आज सिंहदरबारमा बसेको बैठकले यस्तो सहमति गरेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संचारकर्मीसँग बताए। “व्यावहारिक र वैज्ञानिक रुपमा सीमा निर्धारण गरी छिटो स्थानीय निकायको निर्वाचन गर्ने विषयमा बैठकमा छलफल भयो, नेकपा (एमाले) र मधेसी मोर्चा लगायतका राजनीतिक दलसँग पनि बैठक गरी निष्कर्षमा पुग्ने सहमति भएको छ”–उनले ।

स्थानीय निकाय पुनःसंरचनाका विषयमा बुधबार पनि कांग्रेस पदाधिकारीको बैठक बस्दैछ । मङ्गलबार बसेको पार्टी पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताबीच छलफलमा अहिले भइरहेको पुनःसंरचना व्यवहारिक नभएकोले त्यसलाई परिमार्जन गर्ने निर्णय भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.