चिनियाँ प्रधानमन्त्रीद्वारा समवेदना

चिनियाँ प्रधानमन्त्रीद्वारा समवेदना

बेइजिङः हालै अफगानिस्तानमा भएको भीषण आतङ्ककारी आक्रमणबाट ठूलो नरसंहारप्रति चिनियाँ प्रधानमन्त्री लि केक्याङ्गले समवेदना प्रकट गरेका छन्।

उनले अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहलाई पठाउनु भएको सन्देशमा काबुल आक्रमणबाट भएको ठूलो हताहतिबाट आफू मर्माहत भएको र यस घटनालाई चीनले कडा शब्दमा निन्दा गरेका छन् ।

सो घटनामा पर्ने मृतक व्यक्तिका परिवार र घाइतेहरु प्रति चिनियाँ सरकारको तर्फबाट प्रधानमन्त्री लिले गहिरो सहानूभूति प्रकट गरेका छन् ।
जुनसुकै स्वरुपको आतङ्कबाद होस् चीन सदैब कडा रुपमा यसको बिरुद्ध उभिने उनको भनाइ छ ।

छिमेकी राष्ट्र अफगानिस्तानको राष्ट्रिय सुरक्षा र स्थायित्वका लागि तथा छिमेकी राष्ट्रबाट आतङ्कबाद उखेलेर फाल्ने कार्यमा जस्तोसुकै सहयोग गर्न चीन तत्पर रहेको पनि प्रधानमन्त्री लिले प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजधानी काबुलमा गतः शनिबार भएको भीषण आक्रमणमा परी कम्तीमा ८० व्यक्तिको मृत्यु हुनुको साथै २ सय भन्दा बढी घाइते भएका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.