१५ लाख माग्दै भाइको अपहरण

१५ लाख माग्दै भाइको अपहरण

राजविराजः घरछेउकै चउरमा खेलिरहेका आठ वर्षीय बालक गत बिहीबार घर आएनन् । आमा र पाँच दिदीबहिनी सिकेन्द्रकुमार दास नआएपछि अत्तालिए । गाउँभरि खोजे, भेटिएनन् । आफन्तकहाँ पुगे कि भनेर खोजतलास गरे तर पाइएन । साथी, इष्टमित्र, नातागोता आफन्तकोमा बुझे तर केही पत्तो लागेन ।

शुक्रबार बिहान १० बजे सिकेन्द्रका ठूलोबुबा झबर दासकोे मोबाइलमा ९८२५७४२७५९ नम्बरबाट एक किशोरले ‘सिकेन्द्र जिउँदो चाहिए’ १५ लाख फिरौती रकमको माग गरे ।

अत्तालिएका झबरको मोबाइलबाट लगत्तै प्रहरीमा जानकारी दिइयो । प्रहरीले उक्त मोबाइलको लोकेसन हेर्‍यो र पछ्यायो । हेर्दा त सप्तरीकै मौवाहातिर पो देखियो ।

सादा पोसाकका प्रहरीले सम्भावित मोबाइल प्रयोगकर्तामाथि निगरानी गर्न थाल्यो । सम्भावित र शंकास्पद इलाकाहरूमा प्रहरी परिचालित भएपछि कोदरकट्टी गाविसबाट प्रहरीले अपहरणकारीलाई पक्राउ गर्‍यो भने अपहृत बालकको सकुसल उद्दार गर्यो । सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गर्दा मात्र थाहा भयो, यो अपहरण उनकै ठूलोबुबा झबरका छोरा जितेन्द्र दासले गरेका रहेछन् ।

जितेन्द्र र सिकेन्द्र दाजुभाइका छोरा हुन् । पाँच दिदीबहिनीमा एक्ला भाइ सिकेन्द्रका बुबा गंगा दास रोजगारीका लागि सउदी अरब गएको चार वर्ष भयो । वैदेशिक रोजगारमा गएका गंगाले एक मात्र छोराका लागि सजिलै फिरौती दिन्छन् र सजिलै कमाइ पनि हुन्छ भनेर आपसमा मिलेमतो गरी जितेन्द्रले नै भाइलाई फकाइ कोदरकट्टी पुर्‍याएर बिहीबार दिलीप दास र अरविन्द दासको जिम्मा लगाएर घर फर्केका थिए ।

जितेन्द्रले पैसाका लागि अपहरण गराउँछ भन्ने दस मनमा एकमन पनि सोचेको थिइनँ,’ मंगलबार प्रहरीले अपहरणमुक्त गराएका बालककी आमा आशादेवी दासले भनिन्, ‘उसैले अपहरणको तारतम्य मिलाएको कुरा बालक मुक्त भएपछि मात्र थाहा पाएँ ।’

कोदरकट्टीबाट दिलीपले बालकलाई स ४प ३९३३ नम्बरको मोटरसाइकलमा राखी दक्षिणतर्फ हुइँक्याए । भारत बिहारको लौकाहा हुँदै खुटौना अगाडि जटही पुर्याइएका बालकलाई भाग्न–उम्कन नदिन मोटरसाइकल पछाडि बसेका थिए अरविन्द ।

सिनेमाको प्रभावमा सजिलै लखपति बन्ने महत्वकांक्षाले उनीहरूले नजिकैको मानिसलाई अपहरण गरेका हुन् । सजिलै धनी बन्न अपहरण गरेको स्वीकार गर्दै दिलीपले भने, ‘नेपाल र भारतको प्रहरीटोली व्यापक रूपमा परिचालन भएपछि डरले बालकलाई घर फर्काइदिने सोचमा नेपाल प्रवेश गरेलगत्तै कोदरकट्टीमा प्रहरीले पक्राउ गरेको हो ।’ पक्राउ परेकाहरूलाई अपहरण तथा शरीर बन्धक मुद्दाअन्तर्गत कारबाही अघि बढाइएको प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.