सरकारले डा. केसीसँग गरेका सम्झौताको विरोधमा प्रदर्शन (फोटोफिचर)

सरकारले डा. केसीसँग गरेका सम्झौताको विरोधमा प्रदर्शन (फोटोफिचर)

तस्बिरः दिनेशविक्रम शाह

काठमाडौँ: निजी मेडिकल कजेल सञ्चालकले डा गोविन्द केसीसँग गरिएको सम्झौता खारेजीको माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन् ।

सरकारले डा केसीसँग गरिएका सम्झौताले निजी मेडिकल कलेज धरासायी हुने भन्दै खारेजीको माग गर्दै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पक्षमा समेत नाराबाजी गरेका छन् । अख्तियारमाथिको सुनियोजित प्रहार बन्द गर, सुशासन एउटै आधार सुदृढ सक्रिय अख्तियार, अख्तियारको नेतृत्व देश समृद्धिको पक्षमा, भ्रष्टाचारीको मोजमस्ती जेल जाने बन्दोबस्ती, अघि बढ् अख्तियार जनता तिम्रो साथमा छन् लगायतका ब्यानरसहित प्रदर्शन गरे ।

प्रदर्शनमा देशभरका मेडिकल कलेज सञ्चालक र मेडिकल कलेजका विद्यार्थीको बाक्लो उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.