ढिस्कोले पुरिएर ८ बर्षीय बालकको मृत्यु
दमौलीः नुहाउने क्रममा ढिस्कोले पुरिएर तनहुँमा एक बालकको मृत्यु भएको छ । घाँसीकुवा ५ लामीडाँडामन आठ वर्षीय सन्देश भुजेलको मृत्यु भएको हो । कुवामा नुहाउदै गर्दा माथिबाट ढिस्को झर्दा सन्देश पुरिएका थिए ।
ढिस्कोले पुरिएर गम्भीर घाइते भएका सन्देशलाई आफन्तले उद्धार गरेर दमौली अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।