उद्धारको मैदानमा नेपाली सेना सक्रिय
बाँकेः राप्ती नदीको बीचमा फसेका एक सय ४ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।
सेनाको हेलिकप्टरले बुधबार होलिया १, २, ३ र ४ का पीडितलाई उद्धार गरेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए ।
दुई पटक गरेर हेलिकप्टरबाट सेनाले बाढीपीडितलाई उद्धार गरेको हो । सबैलाई होलियाका कै प्रिपहवा स्थित जनता स्कुलमा राखिएको छ ।
मंगलबार सेनाको हेलिकप्टरले चार सय एक जनाको उद्धार गरेको थियो । डुँगाबाट ३ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ।
बुधबार दिउँसो सम्म दुई हजार घरधुरीलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए।