प्रचण्डले भने, 'पहिले प्रधानमन्त्री हुँदा अनुभवको कमी थियो, अब त्यस्तो हुँदैन'

प्रचण्डले भने, 'पहिले प्रधानमन्त्री हुँदा अनुभवको कमी थियो, अब त्यस्तो हुँदैन'

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा आफूसंग पर्याप्त अनुभव नहुँदा जनताको अपेक्षाअनुसा काम गर्न नसकेको स्वीकारेका छन्।

नेपालमै पहिलो पटक काखीमुनि सानो प्वाल पारी मुटुको शल्यक्रिया गरिएको जानकारी दिन ग्रीनसिटी अस्पतालले बुधबार आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने, 'पहिले अनुभवको कमी थियो, अब त्यस्तो हुँदैन ।'

युद्धबाट एक्कासी खुला र प्रतिस्पर्धात्मक राजनीतिमा आउँदा त्यतिबेला केही समस्या भएको बताउँदै उनले भने, 'गणतन्त्र आएपछिको पहिलो प्रधानमन्त्री भएर खुला र प्रतिस्पर्धात्मक राजनीतिमा आउँदा अनुभवको कमी थियो । म युद्धबाट आएको हुँदा शान्तिको महत्व बुझ्न समय लाग्यो।”

तत्कालीन सेनापति रुक्मा‌गंद कटवाललाई बर्खास्त गर्ने उनको निर्णयले जटिल रुप लिएपछि उनी सरकारबाट बाहिरिनु परेको थियो। उनले भने, यसबीचमा अब मैले धेरै घटनाक्रमबाट सिकिसकेको छु।'

निजी क्षेत्रका अस्पतालले स्वास्थ्य सेवामा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले निजी क्षेत्रले प्राप्त गरेको उपलब्धिलाई सरकारी अस्पतालले पनि अनुसरण गर्नुपर्ने बताए।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा निजी क्षेत्रले स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फ्ड्को मारेको बताए । उनले – “अहिले निजी क्षेत्रले स्वास्थ्यमा सामाजिक दायित्वबोध गरी काम गर्दा ठूला र जटिल मानिएका शल्यक्रिया र रोगका उपचार नेपाललै सम्भव भएको छ ।”

नेकपा (एमाले)का नेता लालबाबु पण्डितले अब विदेशमा गई महँगोमा उपचार गराउनुपर्ने अवस्थाको अन्त्य भएको उल्लेख गरे। अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वको टोलीले धादिङ ज्यामरुङकी १६ वर्षीया श्रीष कार्कीको काखीबाट ओपन हर्ट सर्जरी गरेको थियो । नेपालमा पहिलो पटक भएको भनिएको सो शल्यक्रिया अस्पतालले निःशुल्क गरेको थियो ।

अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले डा भट्टराई नेतृत्वको टोलीले गएको छ महिनामा १७ जनाको ओपन हार्ट सर्जरी गरेको जानकारी दिनुभयो । तीमध्ये कालिकोट र धादिङका १२ जनाको निःशुल्क उपचार गरिएको थियो । ओपन हार्ट सर्जरी गर्दा रु चार लाख खर्च लाग्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.